विराटनगरको अधिकांश रात्रीकालीन व्यवसाय मापदण्ड विपरीत सञ्चालन

<span class='c1'>विराटनगरको अधिकांश रात्रीकालीन व्यवसाय</span> <span class='c2'>मापदण्ड विपरीत सञ्चालन</span>

विराटनगर । रात्रीकालीन समयमा सञ्चालन हुने होटल, गीत–गजल तथा रेष्टुरेन्टलाई व्यवस्थित र मर्यादित बनाउन गठित अनुगमन समितिले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई प्रतिवेदन बुझाएको छ ।

अनुमनगका क्रममा अधिकांश व्यवसायीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेल, ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, राजस्व महाशाखाका प्रमुख सरोज गौतमलगायतको उपस्थतिमा मेयर कोइरालालाई समितिले प्रतिवेदन बुझाएको हो। रात्रीकालीन होटल, गीतगजल, दोहोरीसाँझ र रेष्टुरेन्टले विकृति सिर्जना गर्नुका साथै ध्वनि प्रदूषण बढेको भन्दै गुनासो आएपछि महानगरले अनुगमन समिति गठन गरेको थियो । समितिले २२ वटा रात्रीकालीन होटल, गीतगजल, दोहोरीसाँझ र रेष्टुरेन्टको अनुगमन गरी प्रतिवेदन तयार पारेको हो ।

अनुगमन गरेका होटल, गीतगजल, दोहोरीसाँझ र रेष्टुरेन्टमध्ये १२ वटाले ध्वनि प्रदूषण गरेको पाइएको छ । १० वटाले पनि ध्वनि प्रदूषण नियन्त्रणका उपायहरु अपनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार कर्मचारीलाई परिचयपत्रको व्यवस्थापन १३ वटाले नगरेको, १८ वटाले पोशाकको व्यवस्थापन नगरेको, सुरक्षा गार्डको व्यवस्थापन १७ वटाले नगरेको, आवासको व्यवस्थापन ४ वटाले नगरेको, अनुगमन गरिएका सबैमा आगलागी नियन्त्रण गर्ने उपकरण नराखेको पाइएको छ । अनुगमन गरेका सबैमा सिसी क्यामेरा भने जडान गरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार केही सिसी क्यामेरा भने मर्मत गर्नुपर्ने अवस्था देखिएको छ । व्यवसायीहरुबीच अस्वस्थ प्रतिस्पर्धा रहेको पनि देखिएको प्रतिवेदनमा औंल्याइएको छ । अनुगमन गरेका २२ रात्रीकालीन होटल व्यवसायमा ३१९ जनाले प्रत्यक्ष रोजगारी पाएको मेयर कोइरालालाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

अनुगमनका क्रममा कमजोरी भेटिएका व्यवसायीलाई महानगरले सुधार गर्न पत्रसमेत पठाइसकेको छ । गत पुस ४ गते मेयर कोइरालाको अध्यक्षतामा बसेको व्यवसायीसहितको सरोकारवालाहरुको बैठकले महानगर प्रहरीका निरीक्षक राजन पौडेलको संयोजकत्वमा अनुगमन समिति गठन गरेको थियो । समितिमा महानगरको राजस्व शाखाका कर्मचारी बासुदेव भण्डारी, रात्रीकालीन होटल व्यवसायी संघका अध्यक्ष सुरज श्रेष्ठ, होटल व्यवसायी बविता चौधरी, नारायण तिम्सिना सदस्य रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्