कोशी प्रदेश सहकारी संघद्वारा राष्ट्र बैंकले तयार गरेको निर्देशन तथा मापदण्डको मस्यौदामाथि छलफल

<span class='c1'>कोशी प्रदेश सहकारी संघद्वारा राष्ट्र बैंकले तयार</span> <span class='c2'>गरेको निर्देशन तथा मापदण्डको मस्यौदामाथि छलफल</span>

विराटनगर । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि नेपाल राष्ट्र बैंकले तयार पारेको निर्देशन र मापदण्डको प्रारम्भिक मस्यौदाका विषयमा कोशी प्रदेश सहकारी संघ लि.को आयोजना र जिल्ला सहकारी संघ लि. मोरङ को संयोजनमा २०८१ माघ १० गते विशेष छलफल आयोजना गरिएको छ ।

संघका अध्यक्ष डा. डिल्ली पोखरेल को अध्यक्षतामा आयोजित छलफलमा बिभिन्न विषयगत सहकारी संघका प्रतिनिधिहरु, राष्ट्रिय सहकारी बैंक,जिल्ला संघका संचालकहरु, सल्लाहकारहरु र बिभिन्न प्रारम्भिक सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरूप नीति तथा मापदण्डहरू तयार गर्न सम्बन्धित पक्षलाई सहयोग पु¥याउने उद्देश्यका साथ भएको अध्यक्ष पोखरेल बताउनुभयो । नेपाल राष्ट्र बैंकले मस्यौदामाथि राय–सुझाव प्रस्तुत गर्न माघ मसान्तसम्मको समय सीमा निर्धारण गरेको छ । अध्यक्ष पोखरेलले कोशी प्रदेशको सहकारी अभियान कोतर्फबाट सुझाव संकलन गरी राष्ट्रिय सहकारी महासंघ मार्फत एकीकृत रुपमा नेपाल राष्ट्र बैङ्कमा सुझाव पेश गर्ने बताउनुभयो।
कार्यक्रममा सहकारी रजिस्ट्रार हरी बहादुर खत्रीले मस्यौदाका कतिपय बुँदाहरू सहकारी मूल्य, मान्यता र सिद्धान्तविपरीत रहेको बताउँदै मस्यौदामा सुधार आवश्यक रहेको धारणा राख्नुभएको थियो । सो अवसरमा कार्यक्रमका सहभागीहरूले सहकारीलाई कसरी खुम्च्याउन सकिन्छ र यसको प्रभाव अनि उपलब्धिलाई कसरी कम गर्न सकिन्छ भन्ने मनसायबाट मस्यौदा आएको भनि आक्रोश समेत ब्यक्त गरेका थिए ।

सुझावलाई अझ ब्यवस्थित बनाउन रामचन्द्र गौतमको संयोजकत्वमा राकेश दाहाल र ओम सुवेदी सदस्य रहेको तीन सदस्य समिति समेत बनाईएको छ । समितिले तीन दिन भित्रमा संघमा सुझाव पेश गर्न समय निर्धारण गरिएको छ । संघले सहकारी अभियानको दीर्घकालीन हितलाई ध्यानमा राख्दै सबै पक्षको रायलाई समेटेर मस्यौदामा समुचित सुझाव प्रस्तुत गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्