विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष जितन थापाले माघ १२ र १३ गते काकडभिट्टामा हुने पहिलो इन्डो नेपाल तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन लागेका फ्युजन तेक्वान्दो एकेडेमीका खेलाडीहरूलाई बिदाई गर्नुभएको छ।
विभिन्न तौल समूहका ९ खेलाडीहरू प्रतियोगितामा सहभागी हुँदैछन् भने टिम कोच सृजना सत्याल बुढाथोकीले कोचको जिम्मेवारी सम्हाल्नु भएको छ।
वडा अध्यक्ष थापाले खेलाडीहरूलाई उत्कृष्ट खेल प्रदर्शन गर्दै विजयी भएर फर्कन आग्रह गर्नुभएको छ।