विराटनगरमा न्युरो र अमरिता अस्पतालको संयुक्त स्वास्थ्य क्याम्प सुरु

<span class='c1'>विराटनगरमा न्युरो र अमरिता अस्पतालको</span> <span class='c2'>संयुक्त स्वास्थ्य क्याम्प सुरु</span>

विराटनगर । विराटनगरको न्युरो अस्पताल र भारतको अमरिता अस्पताल, फरिदावादको संयुक्त आयोजनामा स्वास्थ्य क्याम्प सुरु भएको छ।

आज (बिहीबार) दिउँसो २ बजेदेखि ६ बजेसम्म सञ्चालित क्याम्पमा १०० जना भन्दा बढी बिरामीहरूले स्वास्थ्य सेवा लिएका छन्।

न्यूरो अस्पतालका डा. वीरेन्द्र कुमार विष्ट, डा. सुनन्द पौडेल, डा. सुनिल दास, डा. मोहन कार्की र रोशन खतिवडा तथा अमरिता अस्पतालका डा. सञ्जय पाण्डेले बिरामीहरूलाई परामर्श प्रदान गरेका छन्।

भोलि शुक्रबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म पनि क्याम्प सञ्चालन हुनेछ। क्याम्पमा निःशुल्क स्वास्थ्य जाँच र आवश्यक टेस्टमा २५ प्रतिशत छुट प्रदान गरिएको छ। न्यूरो फिजिसियन, न्यूरो सर्जन लगायतका न्यूरो सम्बन्धी सेवाहरू उपलब्ध छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्