टियू टप गर्ने सुवेदीलाई हिमालय दर्शन कलेजको सम्मान

<span class='c1'>टियू टप गर्ने सुवेदीलाई</span> <span class='c2'>हिमालय दर्शन कलेजको सम्मान</span>

विराटनगर । विराटनगर – ९ मा रहेको हिमालय दर्शन कलेजको वि. वि. एस. दोस्रो वर्षमा विवेक सुवेदीले नेपाल प्रथम गरेको कलेजले दाबी गरेको छ ।

त्रिभूवन विश्व विद्यालयले हालै प्रकाशित गरेको नतिजा अनुसार सुवेदीले ८१ दशवलप ८० प्रतिशत ल्याएर नेपाल टप गरेको कलेजले दाबी गरेको हो ।

कलेजका मेधावी छात्रा सुवेदीले बि बि एस प्रथम वर्षको परीक्षामा पनि कोशी प्रदेश टप गरेको कलेजले जनाएको छ । दोस्रो वर्षमा देशभरीमा टप गरेका सुवेदीलाई कलेजले पुरस्कृत गरेको छ । कलेज परिसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी उनलाई नगद १५ हजार रुपैयाँसहित कदर पत्र र दोसल्ला ओढाएर पुरस्कृत गरेको हो ।

त्यसैगरी उत्कृष्ट हुने अन्य विद्यार्थीहरुलाई पनि कलेजले सम्मान गरेको छ । जसमा राहुल साह, रक्षा लुईटेल, रीति रोय, सोफिया, सुरेश गुरागाई, अनिसा कुमारी राजवंशी, ममता चापागाइ, इशा राय, मेविसा विष्ट, निसा रायलाई कलेजले सम्मान गरेको थियो । सम्मानित हुने विद्यार्थीहरुलाई कलेज प्रमुख भरत सापकोटा, कलेजका निर्देशक शैलेन्द्र शिवाकोटी, विभागीय प्रमुखहरु अन्जु भजुेल, भुपाल मिश्र, सुमन साह, कुशल निरौलालागयतले सम्मान गरेका थिए ।
२०७० सालमा स्थापना भएको हिमालय दर्शन कलेजले गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले विद्यार्थीहरुले उत्कृष्ट नतिा ल्याउँदै आएको कलेज प्रमुख सापकोटाले बताए ।

कलेजमा बिबिएस, बिएससी सिएसआइटी, विआइएम, विएचएम, विविएलगायतका पढाइ हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्