आठौं संस्करणको विराट एक्स्पो -२०२५ सुरु

<span class='c1'>आठौं संस्करणको विराट</span> <span class='c2'>एक्स्पो -२०२५ सुरु</span>

विराटनगर । विराटनगरमा आठौं संस्करणको विराट एक्स्पो -२०२५ सुरु भएको छ । उद्योग संगठन मोरङले आयोजना गरेको एक्स्पो आज(शनिबार)देखि सुरु भएको हो ।

आजबाट सुरु भएको एक्स्पो माघ २० गतेसम्म चल्नेछ । एक्स्पोको उद्घाटन संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे। एक्स्पोको उद्घाटन गर्दै उनले एक्स्पोले अर्थतन्त्रलाई चलयमान बनाउने विश्वास व्यक्त गरे । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतसँग सिमाना जोडिएको नेपालको सीमावर्ती क्षेत्रको बजारलाई गुलजार बनाउन संघीय सरकारले नीति निर्माण गर्नुपर्ने बताए ।

उद्योग संगठन मोरङका उपाध्यक्ष एवं विराट एक्स्पोका संयोजक भोलेश्वर दुलालका अनुसार नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी ४ देशका २ सय ६८ स्टल मेलमा छन् । एक्स्पोमा २ हजार ५ सय विद्यार्थीलाई सिपमूलकतालिम दिने तयारी छ ।

एक्स्पोमा बजार प्रवर्धनकै लागि मेरो देश मेरै उत्पादन, विजनेश क्लिनिक, क्यूसेफ, जबब्रिज, उद्योग दर्ता प्रकृया तथा स्टेपवाई स्टेप प्रकृया, कानुन ऐन, संघ प्रदेश र स्थानीय तहका करका दर तथा आर्थिक ऐन, वैैदेशिक लगानीको प्रक्रियालगायत उद्योग व्यवसायसँग सम्बन्धित सबै सूचनाहरु भएको एकीकृत सूचना प्रणाली, स्टार्टअप तथा इनोभेशन कार्यक्रम, इनर्जी ईफिसियन्सी कार्यक्रम, इण्डष्ट्रिज एकेडेमियालगायत संगठनका कार्यक्रमहरुको डिजिटलाइजेशन भर्सनसहितको स्टल छन् ।

बिहान १० बजेदेखि राती ८ बजेसम्म विराट एक्स्पो सञ्चालनमा रहनेछ । बिहान १० बजेदेखि ३ः३० बजेसम्म १०० रुपैयाँ र ४ बजेदेखि राती ८ बजेसम्म २०० रुपैयाँ प्रवेश शुल्क कायम गरिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्