विराटनगर बसपार्क दिनप्रतिदिन अव्यवस्थित हुँदै

<span class='c1'>विराटनगर बसपार्क दिनप्रतिदिन</span> <span class='c2'>अव्यवस्थित हुँदै</span>

इन्दु साह
विराटनगर । विराटनगरको बसपार्क उपेक्षाको प्रतीक बनेको छ । ठूलो लगानीमा निर्माण गरिएको यो सार्वजनिकस्थल दिनप्रतिदिन फोहोर र अव्यवस्थाको केन्द्र बन्दै गएको हो ।

बसपार्क व्यवस्थापन समितिका अध्यक्ष विरु गुरुङले तीनजना सफाईकर्मी राखेर दैनिक दुई पटक सरसफाई गर्ने दावी गरेका छन् । दैनिक लगभग २०० सार्वजानिक यातायातका सवारी छुट्ने र भित्रने बसपार्क फोहोर र अव्यवस्थित देखिन्छ । बसपार्कमा पार्किङका लागि राखिने र बसपार्क प्रयोग शुल्कबाट कम्तिमा ३५ हजार शुल्क संकलन हुने गरेको छ । विराटनगर बसपार्कको वास्तविक अवस्था व्यवस्थापनको दाबीभन्दा फरक छ ।

पोलमा राखिएका गमलाहरूमा रहेका फुलहरू सुकेका छन् भने गमलाहरू फुटेको अवस्थामा छन् । नालाका ढक्कनहरू खुला रहेका छन् जसबाट दुर्गन्ध फैलिएको छ। सार्वजनिक स्थल भएको हुँदा सुर्तिजन्य पदार्थको प्रयोग निषेध गरिएको भए पनि बसपार्कमा त्यसका प्लाष्टिक र अन्य फोहोरहरू देख्न सकिन्छ।

वरपरको वातावरण समेत फोहोरमय देखिन्छ। व्यवस्थापन समितिले गमलाहरू फेर्ने तयारीमा रहेको जनाए पनि वास्तविक कार्यान्वयन अझै अस्पष्ट छ।यात्रु बविता यादवले सार्वजानिक स्थानमा रजनीगन्धा÷पान÷गुट्खा खाएर जथाभावी थुक्ने समस्या देखिएको बताइन् । बसपार्कमा चुरोट सेवन निषेध हुनुपर्नेमा खुल्ला रुपमा खाँदै यात्रुहरुलाई असर पु¥याउने गरिएको उनको गुनासो छ ।

बसपार्क शहरको महत्त्वपूर्ण सार्वजनिक स्थलको यस्तो अवस्थाले यात्रुलाई समस्या हुने गरेको छ । बसपार्कमा यात्रुले सवारी पर्खी रहदा यस्ता यावत समस्याले उनहिरुको स्वास्थ्यमा समेत असर गर्दछ । बालबालिका देखि ज्येष्ठ नागरिकसम्मका उमेर समुहका यात्रु बसपार्कमा हुनेगरेका छन् । दुर्गन्धले उनीहरुको रुवास्थ्यमा थप जोखिम हुन्छ । ठुलो लगानीमा निर्मित बसपार्कको व्यवस्थापन समितिले यसतर्फ ध्यान दिन आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्