विराटनगर । विराटनगर महानगरपालिका–५ कृषिभवन/मुनालपथमा अवस्थित किड्स भिलेज स्कुलले आफ्नो ११औं वार्षिकोत्सव मनाएको छ ।
शनिबार विराटनगर–८ आरोहण गुरुकुलमा भव्य कार्यक्रमको आयोजना गरी किड्स भिलेजले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
राष्ट्रगानका रचयिता प्रदीपकुमार राई ‘ब्याकुल माइला’ को प्रमुख आतिथ्यतामा किड्स भिलेजले आफ्नो वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा बालकक्षादेखि ७ कक्षासम्मका विद्यार्थीहरूले आफ्ना प्रस्तुति राखेर उपस्थित अतिथि, अभिभावक र शिक्षक–शिक्षिकालाई मनोरञ्जन गराएका थिए ।
कार्यक्रमको थालनी बालकक्षाका छात्र–छात्राहरूले स्वागत नृत्यबाट गरेका थिए ।
त्यससँगै विद्यार्थीहरूले सांस्कृतिक पहिरनसहितको ‘फेसन शो’, हनुमान चालिसा, भजन, नाटक, कराते र तेक्वान्दोका कौशलातासमेत प्रस्तुत गरेका थिए ।
त्यसैगरी स्कुलले आफ्ना ४२ जना विद्यार्थीहरूलाई दीक्षित गरेको थियो ।
कार्यक्रममा बोल्दै मोरङ ब्यापार संघका अध्यक्ष अनुपम राठीले किड्स भिलेजका विद्यार्थीकोहरूको प्रस्तुतीबाट मन प्रफुल्लित बनाएको सुनाए ।
किड्स भिलेजले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि आफ्ना विद्यार्थीहरूलाई अब्बल बनाएको उनको भनाइ थियो ।
स्कुलका प्रिन्सिपल विजय दाहालले अभिभावकको साथ–सहयोग र भरोसाका कारण आफूहरूले ११औं वार्षिकोत्सव मनाउन सफल भएको बताउँदै आगामी दिनमा पनि यस्तै सहयोग पाउनेमा आफू विश्वस्त रहेको बताए ।
स्कुलमा आफूहरूले गरेको मेहनत र अभिभावकको साथले गर्दा विराटनगरको उत्तरी भेग पुष्पलाचोकमा मारिया किड्स मन्टेश्वरी स्कुल पनि आफ्नै मातहतमा सञ्चालन गर्न थालेको बताए ।
स्कुलका म्यानेजिङ डाइरेक्टर पंकज जैनले विद्यालयको वार्षिकोत्सव कार्यक्रममा अभिभावकको उपस्थितिले आफूहरूलाई हौसला प्रदान गरेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ब्याकुल माइलाले निर्भिकताका साथ किड्स भिलेजका विद्यार्थीहरूले दिएको प्रस्तुतीबाट आफू बालापनमा फर्किन पुगेको बताए ।
किड्स भिलेजमा पठनपाठनसँगै विभिन्न कला–सीप सिकाउनेबारे थाहा पाउँदा आफूलाई खुसी लागेको पनि उनले बताए ।
कार्यक्रमको समापन गर्दै स्कुलका अध्यक्ष मदन खतिवडाले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको किड्स भिलेजप्रति अभिभावकको भरोसा बढेको बताए ।
कार्यक्रममा मोरङ ब्यापार संघका अध्यक्ष अनुमप राठी, मोरङ प्याब्सनका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी, कोषाध्यक्ष मणिराज भट्टराई, सदस्य, ईन्द्र राई, समाजसेवी फुलकुमार लालवानी, विराटनगर प्याब्सन अध्यक्ष अर्जुन श्रेष्ठ, सचिव चिरञ्जीवी तिम्क्सिनालगायतको विशिष्ठ आतिथ्यता रहेको थियो । साथै, स्कुलकी एकेडेमिक डाइरेक्टर निर्मला अधिकारी र शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो ।