जनकपुरधामको एक फर्निचर उद्योगमा भिषण आगलागी, लाखौंको क्षति

<span class='c1'>जनकपुरधामको एक फर्निचर उद्योगमा</span> <span class='c2'>भिषण आगलागी, लाखौंको क्षति</span>

जनकपुर । जनकपुरधामको एक फर्निचर उद्योगमा भिषण आगलागी भएको छ ।

आइतबार दिउँसो १२ः३० बजे जनकपुरधामको वडा नं.७ भ्रमरपूरा चोकस्थित रामलला लक्ष्मी फर्निचर उद्योगमा भिषण आगलागी भएको हो ।

आगलागीले लाखौं मूल्य बराबरको तयारी अवस्थामा राखिएको फर्निचरको सामान र फर्निचर बनाउन प्रयोग हुने, फोम, काठ आदि सामान जलेर नष्ट भएको छ । फर्निचर उद्योगका सञ्चालक रामलला शर्माले २० लाखबढीको सामान जलेर नष्ट भएको बताएता पनि धनुषा प्रहरीले यकिन गर्न बाँकी रहेको जनाएको छ।

आगलागीको खबर प्राप्त हुनासाथ जनकपुरधाम उपमहानगरपालिका र नेपाल प्रहरीको बारुण यन्त्र पुगेर आगो निभाउन सफल भएको छ । आगलागीको कारण र क्षतिको विवरण केही बेरमा प्राप्त हुने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

अहिले जिल्ला प्रहरी कार्यालयबाट खटेको टोली आगलागी स्थानमा पुगेर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्