विराट एक्स्पो २०२५ मा ‘विराटबजार बिटूबी प्लेटफर्म’ धेरैको व्यावसायीको आकर्षण

<span class='c1'>विराट एक्स्पो २०२५ मा ‘विराटबजार</span> <span class='c2'>बिटूबी प्लेटफर्म’ धेरैको व्यावसायीको आकर्षण</span>

विराटनगरको डिग्री क्याम्पस मैदानमा जारी विराट एक्स्पो २०२५ मा विराटबजार बिटूबी प्लेटफर्म ब्यापारीहरूको ध्यान केन्द्रित गर्न सफल भएको छ। यस प्लेटफर्मले लघु घरेलु, साना तथा स्टार्टअप उद्योगहरूदेखि ठूला व्यवसायहरूसँग व्यावसायिक सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

यो डिजिटल प्लेटफर्मले उद्यमी व्यवसायीहरूलाई कच्चा पदार्थ, सहायक सामग्री, र अन्य आवश्यक वस्तुहरू सहज रूपमा उपलब्ध गराउन सहजीकरण गर्दैछ। प्लेटफर्ममा व्यवसायीहरूले आफ्ना आवश्यकता र चाहनाहरू पोस्ट गरेपछि, प्रणालीले मेल खाने आपूर्तिकर्ता वा ग्राहकलाई जोड्ने सुविधा प्रदान गर्छ।

विराटबजार बिटूबी प्लेटफर्मले बजार प्रवर्द्धन र उद्यमशीलता विकासका लागि विभिन्न सेवा उपलब्ध गराएको छ। यसमा निम्न समावेश छन्स् मेरो देश, मेरै उत्पादन अभियान, बिजनेस क्लिनिक, क्युसेफ र जबब्रिज, उद्योग दर्ता प्रक्रियाका स्टेप बाई स्टेप निर्देशन, संघ, प्रदेश र स्थानीय तहका करका दर र आर्थिक ऐनको जानकारी, वैदेशिक लगानी प्रक्रियाका बारेमा जानकारी, स्टार्टअप तथा इनोभेसन कार्यक्रम, इनर्जी इफिसियन्सी कार्यक्रम, इन्डस्ट्रिज–एकेडेमिया कार्यक्रम।

यो प्लेटफर्मले उद्योग, व्यवसाय, र प्रविधिलाई एकीकृत गर्दै व्यवसायिक सूचना प्रणालीलाई डिजिटलाइजेशनमा रूपान्तरण गरेको छ। व्यवसायिक सम्बन्ध प्रबर्धनमा यो प्लेटफर्मले उल्लेखनीय योगदान पुर्‍याइरहेको छ।

विराटबजार बिटूबी प्लेटफर्म विराट एक्स्पो २०२५ को एक महत्वपूर्ण पक्ष बनेको छ, जसले उद्यमीहरूलाई सञ्जाल विस्तार गर्न र व्यवसायिक प्रक्रियाहरूलाई सहज बनाउन सहयोग पुर्‍याइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्