विराटनगरमा अनलाइन सर्भिस दिने डेलिभरी ब्वाय, ग्राहक र मालिकको दवावमा

<span class='c1'>विराटनगरमा अनलाइन सर्भिस दिने डेलिभरी</span> <span class='c2'>ब्वाय, ग्राहक र मालिकको दवावमा</span>

विराटनगर । विराटनगरमा मेरो किनमेल अनलाइन फुड डेलिभरी सेवा सञ्चालनमा छ । तर, यसको आधिकारिक दर्ता भने छैन । आधिकारिक दर्ता चितवन भएको यो अनलाइन सर्भिस देशका आठ शहर विस्तारित सेवा दिदैं आएको छ । चितवनको अनलाइन डेलिभरी सर्भिस दिने मेरो किनमेल जस्तै विराटनगरमा घरदैलो, भोज, पेटपुजा, फुडमान्डुसहित प्रचलित छन् । हाम्रो काठमाडौं नामक अनलाइन सर्भिस पनि चाँडै सुरु हुने तरखरमा रहेको छ ।

अनलाइन डेलिभरी कम्पनी खोल्नु र देशका ठूला शहरमा सेवा विस्तार गर्नु त सामान्य हो । तर, यस्ता कम्पनीमा काम गर्ने डेलिभरी ब्वायको पीडा भने खपिनसक्नुका छन् । यतिसम्मकी ग्राहकले कुनै वस्तु अर्डर गरे, जस्तोसुकै परिस्थितिमा पनि डेलिभरी गर्नेहरु दौडनुपर्ने बाध्यता हुन्छ । अनि कम्पनीलाई कुनै कुरा लागेमा तत्काल निकाल्नसक्ने करार गराइएको हुन्छ । डेलिभरीका क्रममा कुनै अर्डर लिएर जाने क्रममा बाटोमै कुनै दुर्घटना भयो वा सवारीमा आएको समस्याले भनेको समयमा पुगिएन भने पनि कम्पनीलाई डेलिभरी ब्वायले काम नगरेको लाग्छ । यस्तो लागेमा ग्राहक भड्कियो की भन्ने आशयमा डेलिभरी ब्वायलाई कारवाही हुने गरेको हो ।

यसरी कारवाही गर्नेमा गैरकानुनी सेवा विस्तार गरेको मेरो किनमेल नै अगाडी देखिएको छ । विराटनगरमा भर्खरै सेवा विस्तार गरेको मेरो किनमेलले विराटनगरमा सर्भिर सेन्टर स्थापना गरेर होम डेलिभरी सेवा सुरु गरेको छ । डेलिभरी ब्वायसँग भने तल्लोस्तरको व्यवहार गरिरहेको गुनासो गरेका छन् । पहिलो महिना काम गर्दा १३ हजार मासिक तलव दिने गरेको कम्पनीले दैनिक खर्च ५०० देखि ७०० सम्म चलाउन पाइने, ओभर टाइमको प्रतिघण्टा ४८.५० रुपिँया, मोबिल र पेट्रोल खर्च प्रतिकिलोमिटर ६ः३० रुपिँया उपलब्ध गराउने शर्तमा पाँचजना राइडर राखेको थियो । तर, राखेकालाई एक महिना पुगेपछि निकालिहाल्ने गरेको छ । कारण, हो पहिलो महिना १३ हजार र दोस्रो महिनादेखि १५ हजार तलव हुन्छ । तलव बढ्ने व्यक्ति हटाएर नयाँ राखे १३ हजार मात्रै भुक्तानी गर्नुपर्ने हुन्छ ।

मोरङको जहदा २ का प्रेमकुमार शर्मालाई मंसिरमा यसरी नै निकालेको कम्पनीले माघ लागेपछि विराटनगर १ घर भएका सुरेश श्रेष्ठलाई हटाएको छ । शर्मालाई हटाएपछि श्रेष्ठले दवाव दिएर फर्काएका थिए । तर, शर्मालाई काममा फर्काउन दवाव दिने श्रेष्ठलाई भने दिनुपर्ने तलव समेत नदिईकन फ्याट्टै हटाएको छ । यसरी हटाउनुमा करारनामामा उल्लेखित खर्च मालिक प्रेरित हुनु हो । जस्तो कम्पनीलाई लागेमा जुनसुकै बेला हटाउन सक्ने करारनामाको शर्त रहेको छ । मेरो किनमेलले ३० वटा शर्तको पालना गराएर डेलिभरी ब्वाय राख्दै आएको छ । कम्पनीका ३० शर्त अधिकांश उसकै मनमौजीका रहेका छन् ।

चितवन कार्यालय रहेको कम्पनीका विराटनगर हेर्ने मेनेजर बिनायक सुनुवारले देशभरका ८ शहरमा विस्तार भइसकेको सेवामा ६० जना बढी डेलिभरी ब्वाय रहेको सुनाए । भएकामध्ये केहि डेलिभरी ब्वायमा समस्या हुँदा निकाल्ने गरिएको बताए । उनले श्रेष्ठको हकमा पनि कमजोरी देखिएको थियो । उनले मंसिर र पुसको २८ हजार तलव पाउनुपर्नेमा ३३ हजार आफैंले कलेक्सन गरेको पैसा चलाईसकेको आरोप छ । कम्पनीले डेलिभरी ब्वायले सामान लिएर ग्राहकसम्म पुगेपछि अनलाइन भुक्तानी नभई नगद भुक्तानी भए त्यो पैसा कर्मचारीले नै जम्मा गर्नुपर्ने जिम्मेवारी तोकेको छ । यो पैसाको सेक्युरिटीको रुपमा खाली चेकमा साइन गराएर कम्पनीले राख्ने गरेको छ ।

विराटनगर–५ सेन्च्यूरी मल पछाडीपट्टी पारिजात क्याफेसँगै यो कम्पनीको कार्यालय राखिएको छ । त्यसमा पाँचजना राइडर सुरुमा जोडिएकोमा नयाँ चारजना जोड्ने तयारी भईरहेको थियो । विराटनगरका ११ वटा भेज परिकार उत्पादन गर्ने होटल र ४३ वटा ननभेज परिकार बनाउने होटलसँग समझदारी छ । सम्झौता समझदारी अनुसार ती होटलमा बनेका परिकार घरसम्म पु¥याउने काम डेलिभरी ब्यावले गर्ने गर्दछन् । दैनिक ५० हजार माथिको अनलाइन अर्डर आउने गरेको कम्पनीले मजदुरी गर्दै आएकाहरुँसग भने नराम्रो व्यवहार गर्दै आएको गुनासो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्