नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेह्रथुममा

<span class='c1'>नेकपा माओवादी केन्द्रका</span> <span class='c2'>अध्यक्ष प्रचण्ड तेह्रथुममा</span>

तेह्रथुम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तेह्रथुम पुगेका छन् ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई साथ लिएर सोमबार बिहान तेह्रथुम पुगेका हुन् ।

विभिन्न कार्यक्रममा सहभागी हुन तेह्रथुम पुगेका प्रचण्ड झाकी तथा बाजाले स्वागत गरिएको थियो । माओवादी अध्यक्ष प्रचण्डले चोत्लुङपार्कको अवलोकन गरेका छन् । चोत्लुङपार्कको इतिहासको बारेमा स्थानीयले अध्यक्ष प्रचण्डले अवगत गराएका थिए । यसैगरि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेह्रथुमको लालीगुराँस २ चोःलुङ पार्क तथा संग्रहालयकोको अवलोकन गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड आज र भोलि तेह्रथुमका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । आठराईमा अध्यक्ष दाहालले बगाले सहिद स्मृति पार्क र जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने तय भएको नेकपा माओवादी केन्द्र तेह्रथुमले जनाएको छ । आज विभिन्न कार्यक्रममा सहभागी भएपछि बेलुका चुहानडाँडा बजारमा बस्नेछन् । पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्किने उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्