मैथिली सेवा समिति विराटनगरको अध्यक्षमा डा.झा चयन

<span class='c1'>मैथिली सेवा समिति विराटनगरको</span> <span class='c2'>अध्यक्षमा डा.झा चयन</span>

विराटनगर । मैथिली सेवा समितिको तदर्थ समिती विराटनगरमा डाक्टर शम्भु नाथ झाको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरिएको छ ।

विराटनगर १३ स्थित श्री संकटमोचन हनुमान मन्दिर कोशी प्रोजेक्टमा आयोजना गरिएको महाधिवेशन एवं ३२ औँ साधारणसभाबाट झालाई सर्व सम्मतले अध्यक्षमा चयन गरिएको हो । समितिको उपाध्यक्षमा डा.योगेन्द्र प्रसाद यादव महिला उपाध्यक्षमा संजु कुमारी साह, महासचिवमा मृत्युंजय मिश्र , सचिवमा रोशन देव, सह सचिव राकेश कुमार ठाकुर, कोषाध्यक्ष दीपेन्द्र कुमार झा रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा विमला पोद्दार, आरती झा, नित्यानंद झा, प्रेमचन्द्र झा, कमानन्द झा, बिजेन्द्र कर्ण, मोहन झा , सुशील कुमार झा रहेका छन् । कार्यक्रमका प्रमुख अतिथी संविधानसभा सदस्य एवं निवर्तमान कोसी प्रदेशका स्वास्थ्य मन्त्री जयराम यादव, विराटनगर १३ वडा अध्यक्ष सुर्यलाल यादव , डा.सुरेन्द्र नारायण मिश्र, विरेन्द्र कुमार झा,सुजित कुमार चौधरी ,सुरेन्द्र सिङ् ठाकुर उपस्थिती रहेको थियो । कार्यक्रमका अथितीहरुले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना मन्तव्य प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्