सुन्दरहरैँचामा “रूख मुनिको गन्थन मन्थन” सम्पन्न

<span class='c1'>सुन्दरहरैँचामा “रूख मुनिको</span> <span class='c2'>गन्थन मन्थन” सम्पन्न</span>

सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिका १० स्थित बागझोडामा बिपी अध्ययन प्रतिष्ठान नेपाल सुन्दरहरैँचा समितिकाे आयाेजनामा नेपाली कांग्रेसका नेताहरूको 'रूख मुनिको गन्थन मन्थन'अन्तरक्रिया सम्पन्न भएको छ ।

बिषयगत बहसमा काँग्रेस नगर समिति र बिपी अध्ययन प्रतिष्ठान मोरङको सहकार्यमा भएको हाे । सुन्दरहरैचा नगरपालिका भित्रका काँग्रेस नेताहरूसँग आपसमा बिषयगत छलफल चल्यो । विषयवस्तुमा केन्द्रित भई बहस भएको कार्यक्रममा पालिकाका स्थानीय कार्यकर्ताले सहभागिता मात्र जनाएनन् खुलेर प्रशंसा गरे । ‘रूख मुनीको गन्थन मन्थन’ले पूर्व मेयर देखि पालिका सभापति सम्म छलफलमा सहभागी भए । प्रश्न मात्र भएन उनीहरूको टिकाटिप्पणी पनि भयो । विषयवस्तुमा केन्द्रित संवादको टिप्पणी गर्न टिप्पणीकारले प्रतिक्रिया दिए ।

नेपाली काँग्रेस कोशी प्रदेश सदस्य तथा प्रचार विभाग प्रमुख बाबुराम कोइराला, सुन्दरहरैंचा नगरपालिकाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल, मोरङ सचिव ललितबहादुर श्रेष्ठ, सुन्दरहरैंचा नगर सभापति भक्तिप्रसाद सिटौला र नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ नगर सभापति अमृता लिम्बु वक्ताको रूपमा मञ्चमा थिए ।

कोइरालाले ‘राजनीतिमा युवा सहभागिता, राजनीतिक महत्वकांक्षाका सीमाहरूको विषयमा आफ्नो धारणा राखे । श्रेष्ठले सङ्गठन निर्माण कसरी र नेतृत्व पहिचानका आधारहरूको विषयमा गम्भीर सवाल उठाए । स्थानीय तहमा दलीय प्रतिनिधित्वको फाइदा÷बेफाइदा र दलको स्थानीय नेतृत्व सहकार्यको आवश्यकताको विषयमा पूर्व मेयर ढकालले अनुभव सुनाए । नगर सभापति सिटौलाले राजनीतिक योगदान र त्यागको मूल्याङ्कनको अवस्था बारे खुलस्त पारे । नयाँ पुस्तासँग अग्रज नेतृत्वको अपेक्षा बारे उनले खुलेर धारणा राखे । महासंघ सभापति लिम्बुले राजनीतिमा महिला सहभागिता, अवसर र चुनौतीको ऐतिहासिक विषयवस्तु सहित खुलाइन् । वर्तमान समाजमा महिला नेतृत्वको चुनौतीको विषयमा आफ्नो अनुभव सुनाउँदै उनले यस्तै कार्यक्रमको मार्फत बाट नेतृत्व विकासमा टेवा पुग्ने बताइन् ।

विशेष मन्तव्य राखेका प्रतिष्ठानका केन्द्रीय अध्यक्ष धर्मेन्द्र नेम्वाङले लोकतन्त्रलाई जीवन्त बनाउन यस्ता खाले संवाद र छलफलको महत्त्वपूर्ण भूमिका रहेको बताए । आपसी द्धन्द र असमझदारीलाई समाधान गर्न अन्तरक्रिया र संवादको भूमिका हुने भन्दै उनले बिपी अध्ययन प्रतिष्ठान मोरङ र सुन्दरहरैँचा नगर समितिलाई धन्यवाद दिए । विनय बाह्रकोटी र मिराजजंग थापाले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका मोरङ अध्यक्ष रन्जन ओझा, काँग्रेस प्रदेश सहमहामन्त्री खड्ग फागो, महासमिति सदस्य लोकप्रसाद सङ्ग्रौला र नगर उपसभापति शिव नारायण चौधरीले टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्