सुन्दरहरैँचा । सुन्दरहरैँचास्थित राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) जिल्ला कार्यसमिति मोरङको आयोजनामा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम हुने भएको छ ।
माघ १६ गते शहिद दिवसको अवसरमा नगरकाे सलकपुरस्थित दुर्गादेवी दुलाल स्पाेटग्राममा कार्यक्रम हुने भएको आयाेजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । विद्यार्थी पहिचान तर्फ आधारभुत तथा माध्यामिक तह स्तरिय चित्रलेखन, हस्तलेखन, विज्ञान प्रदर्शनी साथै लोक नृत्य प्रतियोगिता समवेश हुने आयाेजक एनप्याब्सन माेरङ जिल्ला कार्य समिति अध्यक्ष नारायण ढकालले जानकारी दिए ।
प्रतियोगिताका बिजयी टिमलाई ट्रफी, मेडल प्रमाणपत्रका साथै नगद पुरस्कारको समेत व्यवस्था गरिएकाे एनप्याब्सन कोशी प्रदेश सहसचिव कमल खनालले बताए। उनले विद्यार्थी प्रतिभा पहिचान कार्यक्रममा ५० भन्दा बढी नेशनल प्याब्सनमा आबद्ध विद्यालयकाे सहभागिता रहने उल्लेख गरे ।
फागुनको अन्तिममा नेशनल प्याब्सन जिल्ला स्तरीय फुटबल तथा भलिबल प्रतियोगिता संचालन हुने बताइएको छ । निकट भबिश्यमा बालबालिका अन्तरनिहित क्षमतालाई बिकास गर्न अन्य थप रचनात्मक कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा उल्लेख गरिएको छ ।
एनप्याब्सन सुन्दरहरैँचा नगरमा करिव २० तथा माेरङ जिल्ला भरिमा १ सय ५० विद्यालय आवद्व रहेकाे तथा प्रतिभा पहिचानमा ५ सय भन्दा बढी विद्यार्थीकाे सहभागिता रहने एनप्याब्सन कोशी प्रदेश सहसचिव खनालले जानकारी दिए ।