राष्ट्रको विकासमा सबैको भूमिका महत्त्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी

<span class='c1'>राष्ट्रको विकासमा सबैको भूमिका</span> <span class='c2'>महत्त्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी</span>

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको समग्र विकासमा सबैको भूमिका महत्त्वपूर्ण हुने भएकाले आफ्नो स्थानबाट योगदान गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले विज्ञान प्रविधिको विकास, महिला, बालबालिकाक्षेत्रको पछौटेपन हटाउन एवं खानेपानी समस्या समाधानमा सबैले आफ्नो क्षेत्रबाट काम गर्न सकेमा मुलुकले समृद्धि हासिल गर्ने बताउनुभयो ।

राजनीतिमा चासो राख्नेले छलफलको विषय बनाएपनि दलीय जिम्मेवारी लिने चरणमा आफू पुगी नसकेको उहाँले प्रष्ट पार्नुभयो ।

उहाँले राष्ट्रपति प्रणाली र राष्ट्रपति पद गैरराजनीतिक जिम्मेवारी नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले मिडियामा मेरो बारेमा आएका कुरा गलत छन् ।”

पूर्वराष्ट्रपति भण्डारीले आफू सचेत, सङ्गठित भएर हिँडेदेखि राष्ट्रिय राजनीतिमा चासो राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “हरेकले राष्ट्रिय राजनीति बुझ्न आवश्यक छ, राजनीतिबाट कोही अछूत छैन र राजनीतिमा गहिरो चासो छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्