खाँदबारी–किमाथांका सडकखण्डको निरीक्षण

<span class='c1'>खाँदबारी–किमाथांका सडकखण्डको</span> <span class='c2'>निरीक्षण</span>

काठमाडौं । नेपाली सेनाद्वारा निर्माणाधीन राष्ट्रिय गौरवको खाँदबारी–किमाथांका सडक खण्ड अन्तर्गत च्याम्ताङ्ग–घोङ्घप्पा सडक खण्डको सोमबार निरीक्षण गरिएको छ ।

भौतिक पूर्वाधार मन्त्री श्री देवेन्द्र दाहाल, रक्षा मन्त्री श्री मानवीर राई, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री श्री दीपक खड्काले निरीक्षण गरेका हुन् ।

निरीक्षणको दौरान सडक निर्माणको हालसम्मको प्रगति विवरण तथा विविध पक्षहरूको बारेमा जानकारी गराइएको थियो । २०७६ भदौ २२ गते मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम खाँदबारी–किमाथांका सडक आयोजना मध्ये च्याम्ताङ्गदेखि घोङ्घप्पासम्मको १०.५१ किलोमिटर ट्र्याक खोल्ने जिम्मेवारी नेपाली सेनालाई प्राप्त भएको थियो ।

आ.व. २०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त सडक खण्डको ट्रयाक खोलिसकिएको छ भने हाल सडक चौडा गर्ने कार्य भई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्