विराटनगर जूनियर जेसिजको अध्यक्षमा आयुषा खतिवडा

<span class='c1'>विराटनगर जूनियर जेसिजको</span> <span class='c2'>अध्यक्षमा आयुषा खतिवडा</span>

विराटनगर । विराटनगर जूनियर जेसिज वर्ष २०२५ को अध्यक्षमा आयुषा खतिवडा निर्विरोध निर्वाचित भएकी छिन्।

सोमबार विराटनगरस्थित जेसिज भवनमा सम्पन्न निर्वाचन कार्यक्रममा विभिन्न पदहरूका लागि नयाँ नेतृत्व चयन गरिएको छ।

कार्यक्रममा विराटनगर जूनियर जेसिसका संस्थापक अध्यक्ष जेसी डा. संदेश दास श्रेष्ठ, वर्ष २०२४ का अध्यक्ष गौरव कर्ण, विराटनगर जेसिसका वर्तमान अध्यक्ष जेसी प्रितेश राज दाहाल, विराटनगर जेसिज बिओटिका अध्यक्ष जेसी टीका राज ढकाल लगायतको उपस्थिति रहेको थियो। साथै भूतपूर्व अध्यक्षहरू टिपि आचार्य, सन्दिप दास श्रेष्ठ, जूनियर जेसिजका भूतपूर्व अध्यक्ष सनराइज चौधरी र विकल्प न्यौपाने पनि कार्यक्रममा उपस्थित थिए।

निर्वाचनबाट वर्ष २०२५ का लागि उपाध्यक्ष पदमा सम्युक्ता पोखरेल, सर्थक गौतम, आरोग्य कोइराला र आदित्य कोइराला विजयी भएका छन्। त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा रक्षिता तिमल्सिना, सृजेश कट्टेल र मदन नेपाल निर्वाचित भएका छन्। जनसम्पर्क अधिकारीमा बसंत रौनियार र तालिम निर्देशकमा दिया बानियाँ निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष खतिवडाले आफ्नो बोर्डमा महासचिवमा ओम जोगी, कानुनी सल्लाहकारमा विधान क्षेत्री, कोषाध्यक्षमा आदर्श कोइराला र सहसचिवमा अंकिता निरौलालाई मनोनित गरेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्