ताप्लेजुङका सिडीओलाई धम्की दिने ‘नो केबलकार समूह’ का प्रदीप मादेन पक्राउ

<span class='c1'>ताप्लेजुङका सिडीओलाई धम्की दिने ‘नो केबलकार</span> <span class='c2'>समूह’ का प्रदीप मादेन पक्राउ</span>

ताप्लेजुङ । पाथीभरामा भएको झडपको विषयलाई लिएर मेची राजमार्ग र तमोर करिडोर यातायात बन्दको आव्हान गरेको ‘नो केबलकार समूह’ का अगुवा मध्येका एक प्रदीप मादेनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सदरमुकाम फुङलिङको कोप्चेबाट उनलाई पक्राउ गरेको आन्दोलन समूहका अगुवा कीर्तिमान मादेनले बताए ।

गत माघ १२ गते प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको र त्यस दिनको हुल हुज्जतको नेतृत्व गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । मादेन पहिचानवादी मोर्चा ताप्लेजुङको संयोजक पनि हुन् । पाथीभरा केबलकार खारेजी, पक्राउ परेका कार्यकर्ता रिहा लगायतको माग राख्दै मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुम चुम्लुङ लगायतका संस्थाले मंगलबारदेखि मेची राजमार्ग र तमोर करिडोरमा अनिश्चित यातायात बन्दको आव्हान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्