१४ औं प्याब्सन स्पोर्ट्स मिट माघ १८ गतेदेखी हुदै , तीन हजार बढी विद्यार्थीले भाग लिने

<span class='c1'>१४ औं प्याब्सन स्पोर्ट्स मिट माघ १८ गतेदेखी</span> <span class='c2'>हुदै , तीन हजार बढी विद्यार्थीले भाग लिने</span>

विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरू हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा शुक्रबादेखि प्याब्सन स्पोट्र्स मिट हुने भएको हो ।
प्याब्सनले मंगलबार पत्रकार सम्मेलन गरी माघ १८ देखि २० गतेसम्म संचालन हुने प्रतियोगितामा २५ भन्दा बढी विधाका खेलहरु समावेश गरिएको छ । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा मोरङ प्याब्सनमा आवद्ध ३ हजार बढी विद्यार्थीहरुले भाग लिने प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतले जानकारी दिए । उक्त प्रतियोगिताको उद्घाटन प्रदेशको सामाजिक विकास मन्त्री पाँच कर्ण राईले गर्नेछन् । करिब १५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको स्पोट्र्स मिटमा सहभागि विद्यालयहरुको रजिष्ट्रेशन शुल्क र प्याब्सनको आन्तरिक स्रोतबाट लागत जुटाइने अध्यक्ष बस्नेतले बताए ।


प्याब्सन मोरङले २०६३ सालदेखि हरेक वर्ष प्याब्सन स्पोट्र्स मिट सञ्चालन गर्दै आएको छ । प्याब्सन स्पोट्र्स मिटमा कक्षा १० सम्मका छात्र र छात्रातर्फ गरि मैदानमा खेलाइने लङ्ग जम्प, हाई जम्प, ट्रिपल जम्प, सर्ट पुट र जेभलिन थ्रो का स्पर्धा हुनेछन् । यस्तै सोही कक्षाका फिल्ड इभेन्टमा भलिबल, टेबल टेनिस र फुटबल यू–१५ का स्पर्धाहरु हुनेछन् ।
ट्रयाक इभेन्ट तर्फ कक्षा १० सम्म छात्र र छात्राहरुको अलग–अलग १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर दौड हुनेछ । यसैगरि सय गुणा ४ मिटर रिले दौड र ४सय गुणा ४ मिटर रिले दौडका स्पर्धा हुने प्याब्सन मोरङका उपाध्यक्ष विष्णु डंगोलले जानकारी दिए ।
कक्षा ११ र १२ का विद्यार्थीहरुको लागि भने छात्र तर्फ भलिबल, फुटबल, टेबल टेनिस, बास्केटबल र म्याराथनका स्पर्धा हुनेछन् भने छात्रा तर्फ भलिबल, टेबल टेनिस र म्याराथनका स्पर्धाहरु हुने प्याब्सनका सचिव देवी सिटौलाले बताए ।
प्रतियोगितामा विजेताहरूलाई मेडल तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्