विराटनगरमा सुजुकीको ‘एक्स्चेन्ज मेला’ माघ २५ गते सम्म, जुनसुकै ब्राण्डका पुराना दुईपाङग्रेसंग साट्न सकिने

<span class='c1'>विराटनगरमा सुजुकीको ‘एक्स्चेन्ज मेला’ माघ २५ गते</span> <span class='c2'>सम्म, जुनसुकै ब्राण्डका पुराना दुईपाङग्रेसंग साट्न सकिने</span>

विराटनगर । विराटनगरमा सुजुकीको मोटरसाइकल तथा स्कुटरको ‘एक्स्चेन्ज मेला’ माघ २५ गतेसम्म हुने भएको छ ।

 सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले माघ ६ गतेदेखि १५ गतेसम्मको ‘एक्स्चेन्ज मेला’ ग्राहकको अनुरोधमा २५ गतेसम्म बनाएको हो।

विराटनगर-५ मुनालपथस्थित सुजुकीको शोरुमबाट उक्त सेवा लिन सकिनेछ । उक्त मेलामा ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डका पुराना दुईपाङग्रे साधनसँग सुजुकीको नयाँ मोटरसाइकल र स्कुटर साट्न सक्नेछन् । साथै, ग्राहकले एक्स्चेन्ज मार्फत १५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म ग्यारेन्टेड थप मूल्याङकन पाउने कम्पनीले बताएको छ । 

कम्पनीले ग्राहकको सहजताका लागि अन द स्पट इजी फाइनान्स सुविधाका साथै, स्ट्रेस फ्री ओनरसिप, हसल फ्री एक्स्चेन्ज प्रोसेस र इजी डकुमेन्टेसन जस्ता सुविधाहरू प्रदान गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्