विदेश पठाउने गिरोहको फन्दामा फसे बाबुछोरा

<span class='c1'>विदेश पठाउने गिरोहको</span> <span class='c2'>फन्दामा फसे बाबुछोरा</span>

विराटनगर । विराटनगर महानगरपलिका–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरी सामाजिक सञ्जालको विज्ञापनलाई आधार मान्दा ठगिएका छन् । क्यानडामा रोजगारीको अवसर भन्दै सामाजिक सञ्जालमा राखिएको विज्ञापनबाट गिरोहको सम्पर्कमा पुग्दा बाबुछोरालाबाट ६६ लाख ६७ हजार रूपैयाँ ठगी गरिएको हो ।

जब ठगिएको थाहा पाए त्यसपछि उनीहरुले प्रहरीमा उजुरी गरेका थिए । मोरङ प्रहरीले ठगी गर्ने गिरोहका एक भारतीय नागरिकसहित ५ जनालाई पक्राउ गरेको छ । भिसा लाग्यो भन्दै विभिन्न व्यक्तिहरुको बैंक खातामा पैसा पठाउन लगाएर ठगी गरेको देखिएको प्रहरीले जनाएको छ । मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता (डीएसपी) वेदप्रकाश जोशीका अनुसार भारत जोगबनीका २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका–३ का २२ वर्षीय रोहितकुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, पथरीशनिश्चरे नगरपालिका–५ का २५ वर्षीय वोधराज राजवंशी र विराटनगर महानगरपालिका–८ का २३ वर्षीय करण भनिने अमित राय पक्राउ परेका हुन् ।

भारतीय नागरिक यादव ठगीका मुख्य योजनाकार हुन् । पक्राउ परेको गिरोहले वाट्सएप, टेलिग्राम, भाइबरसमेतका सामाजिक सञ्जालमा विज्ञापन गरेर क्यानडा, युरोप, अमेरिका, कुबेत, दुबईलगायत देश पठाउने भन्दै रकम असुलेर सम्पर्कविहीन हुने गरेको पाइएको डीएसपी जोशीले बताए । सामाजिक सञ्जाल मार्फत जोडिएका व्यक्तिलाई विदेशी नम्बरको ह्वाटसप नम्बरबाट सम्पर्क गरी उनीहरुले ठगी गर्दै आएका थिए ।

मुख्य योजनाकार भारतीय नागरिक यादवले नै पैसाको प्रलोभन देखाएर नेपाली युवाहरुलाई ई–सेवा, खल्तीजस्ता ‘डिजिटल वालेट’ तथा बैंक खाताहरु खोल्न लगाउने र त्यसको एक्सेस आफूले लिने गरेका थिए । गिरोहविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्