विराटनगरमा विरुवा संरक्षणका बार चोरी गरेको आरोपमा एक जना पक्राउ

<span class='c1'>विराटनगरमा विरुवा संरक्षणका बार चोरी</span> <span class='c2'>गरेको आरोपमा एक जना पक्राउ</span>

इन्दु साह
विराटनगर । विराटनगरमा बृक्षारोपण अभियान अन्तर्गत रोपिएका विरुवाको संरक्षणका लागि राखिएको फलामको बार चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । विराटनगरमा वेवारिसे जस्तै भएर सडकमा हिड्ने २० वर्षीय रोहित कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

विरुवाको संरक्षणका लागि राखिएका फलामका बारहरु विगत तीन महिनादेखि हराउँदै आएका थिए । हालसम्म ४७ वटा बिरुवा संरक्षणका लागि लगाइएको फलामका बारहरु हराइसकेका छन् । तर, प्रहरीले भने पक्राउ परेका व्यक्तिले नै ती बारहरु चोरेको भन्ने प्रमाणित हुने आधार नभएको बताएको छ । उनले पछिल्लो एउटा घटनामा संलग्न हो की भन्ने आशंकामा उनलाई सोधपुछ भईरहेको मोरङका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिएका छन् ।

हरियाली अभियान अन्तर्गत २०८२ सम्म ७ हजार विरुवा रोप्ने लक्ष्यका साथ विराटनगरका स्थानीय सक्रिय भएका थिए । अभियानका अभियन्ता पारुल क्षेत्रीका अनुसार बारहरु हराएको विषयमा मोरङ जिल्ला प्रहरी कार्यालयमा पटक–पटक गुनासो गरिएको थियो । एक महिना अगाडि गरिएको गुनासोपछि प्रहरीले सिसिटिभि क्यामेराको सहायताले चोरी गर्ने व्यक्तिलाई पक्राउ गर्न सफल भएको हो ।

अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिले चोरी गरेका बारहरु स्थानीय कवाडी पसलमा बेच्ने गरेको खुलेको छ । बिरुवा रोपेर त्यसको संरक्षण गर्न ५०० का दरले फलामको घेराबेरा लगाइएको थियो । चोर्नेले भने कवाडीमा लगेर २० रुपैँयामा बिक्री गर्ने गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्