एन्फा महिला लिगको उपाधि एपिएफलाई

<span class='c1'>एन्फा महिला लिगको</span> <span class='c2'>उपाधि एपिएफलाई</span>

काठमाडौं । एन्फा महिला लिग २०८१ को उपाधि सशस्त्र प्रहरी बलको नेपाल एपिएफ फुटबल क्लबले हासिल गरेको छ ।

बुधबार एपिएफले दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबलाई ४–० गोलले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

एपिएफले पुलिसविरूद्ध बुधबार चारै गोल दोस्रो हाफमा गरेको थियो । एपिएफका लागि सविता राना मगरले पहिला र तेस्रो गरेर दुई गोलको योगदान गरेकी थिइन् । त्यसपछि सरु लिम्बुले दोस्रो गोल गरेकी थिइन् भने चौथो गोल अनु लामाले ९०ः५ मिनेटमा गरेकी थिइन् ।

तीन चरणमा भएको एन्फा महिला लिगको अन्तिम चरणमा पाँच टोली भिडेका थिए । जसमा शीर्ष चार टोली प्लेअफमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्