जेनिस सोलुुसनको विराटनगरमा सूचना प्रविधि सम्बन्धी अन्तक्रिया

<span class='c1'>जेनिस सोलुुसनको विराटनगरमा सूचना</span> <span class='c2'>प्रविधि सम्बन्धी अन्तक्रिया</span>

विराटनगर । सूचना प्रविधिको प्रयोगमा सरोकारवालाहरूले जोड दिएका छन् । कोशी प्रदेशको ट्राफिक व्यवस्थापन, स्थानीय तहहरूले प्रदान गर्ने सेवामा गुनासो व्यवस्थापन र प्रहरीको कामलाई प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोग बढाउनेबारे विराटनगरमा आयोजना गरिएको कार्यक्रममा जोड दिईएको हो ।

जेनिस सोलुसन प्रालिका प्रमुख कार्यकारी अधिकृत अन्जनी फुयालले सूचना प्रविधिलाई विकासको काममा प्रयोगमा ल्याउन सकिने स्वदेश मै रोजगारी सिर्जना भई युवा शक्ति विदेश पलायन रोक्न सकिने बताउनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रविधिको प्रयोगलाई महानगरपालिकाले समेत बढाउँदै लगेको बताए ।

प्रविधिको सचेतना नभएका कारण जनप्रतिनिधिहरूले राम्रो काम गर्दा पनि गाली खानुपरेको उहाँको गुनासो छ । नेपाल प्रहरीका पूर्वएआईजी भीम ढकालले सूचना प्रविधिलाई विकासको काममा प्रयोगमा ल्याउन सकिने स्वदेशमै रोजगारी सिर्जना भई युवा शक्ति विदेश पलायन रोक्न सकिने बताउनुभयो । जेनिस सोलुसनले विराटनगर मै शाखा कार्यालय विस्तार गरेको जानकारी दिँदै आगामी दिनमा सहज रुपमा सेवाग्राहीलाई सूचना प्रविधि प्रयोगबारे जानकारी गराउदै जाने कार्यक्रम संयोजक कला डाँगीले जानकारी दिनुभयो ।

उहाँले स्थानीय तहका वडाहरूले प्रदान गर्ने सेवालाई सूचनाप्रविधि मैत्री बनाउन सहजीकरण गरिने बताउनुभयो । कार्यक्रममा विराटनगर महानगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरू, सूचना प्रविधि अध्यापन गराउने स्कुल तथा कलेजका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्