आजदेखि त्रिकोणात्मक टी–२० शृङ्खला : पहिलो खेलमा नेपाल र नेदरल्यान्डस भिड्दै

<span class='c1'>आजदेखि त्रिकोणात्मक टी–२० शृङ्खला : पहिलो</span> <span class='c2'>खेलमा नेपाल र नेदरल्यान्डस भिड्दै</span>

काठमाडौं । बिहीबारदेखि त्रिकोणात्मक टी–२० शृङ्खला सुरु हुँदैछ ।

नेपाल, नेदरल्यान्डस र थाइल्यान्डको त्रिकोणात्मक टी–२० शृङ्खला सुरु हुँदैछ । बिहीबारदेखि सुरु भई माघ २५ गतेसम्म सञ्चालन हुने शृङ्खलाका खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । पहिलो खेलमा आज नेपाल र नेदरल्याण्डले प्रतिस्पर्धा गर्दैछन्।

नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेकी छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० शृङ्खलाको ट्रफी बुधबार सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्