खोटाङबाट बिरामी बोकेर काठमाडौं जादै गरेको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु

<span class='c1'>खोटाङबाट बिरामी बोकेर काठमाडौं जादै गरेको</span> <span class='c2'>सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु</span>

खोटाङ । खोटाङबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान करिब ६:३० बजे ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा ना १ ज ६४२१ नम्बरको सुमो दुर्घटनाग्रस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा खोटाङको केपिलागढी गाउँपालिका-३ की ५६ वर्षीया माया देवी गुरुङ, उनका २८ वर्षीय छोरा पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी ४५ वर्षीया तारा गुरुङ (माया देवीकी बहिनी) को घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

बिरामी माया देवी गुरुङलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लैजाँदै गरेको बुझिएको छ । सुमोमा चालकसहित चार जना सवार रहेकोमा तीन जनाको मृत्यु भएको र चालक सुनसरीको इनरुवा निवासी २२ वर्षीय अनिल पण्डित फरार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
प्रहरीका अनुसार सुमो राति नै दुर्घटना भएको हुन सक्ने आँकलन गरिएको छ । बुधबार राति करिब ११ बजे च्यास्मिटार प्रहरी बिटले रोक्न अनुरोध गर्दा समेत नरोकी सुमो तीव्र गतिमा गएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्