विराटनगर । बुढीगंगा गाउँपलिका १ स्थित पुष्पलाल चोकमा रहेको मारिया किड्स मन्टेश्वरी स्कुलले विद्यार्थी तथा अभिभावकहरुको लागि उक्त क्षेत्रमा मन्टेश्वरी शिक्षामा राम्रो छाप बनाउँदै आएको छ ।
२०७३ सालमा स्थापना भएको उक्त स्कुलमा दक्ष तथा अनुभवी शिक्षकहरुबाट अध्ययन अध्यापन गराउँदै आइरहेको छ । उचित हेरचाहका साथ बालबालिकाको पठनपाठनमा मन्टेश्वरी विधि तथा पद्धति अंगाल्नुका साथै अतिरिक्त क्रियाकलाप अन्तर्गत नृत्य, सङ्गीत, योगा मेडिटेसन, नाटक लगायतका छुट्टाछुट्टै कक्षाहरु सञ्चालन गर्दै आएको स्कुलका प्रिन्सिपल मनिष पोखरेलले बताए ।
अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखी बालबालिकाहरुलाई वर्षमा कम्तिमा ३ देखि ४ पटकसम्म विभिन्न पार्क तथा ऐतिहासिक स्थानको भ्रमण समेत गराउने गरेको स्कुलले जनाएको छ।
बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै समयसमयमा बालरोग विशेषज्ञबाट स्वास्थ्य जाँच गराउने गरेको र डाक्टरको सल्लाहमा आधारित स्वस्थकर खाना, खाजाका साथै समयानुसारको फलफूल र बाह्रै महिना उमालेको पानी खुवाउने गरेको कुरा स्कुलका प्रिन्सिपल पोखरेलको दाबी छ।
त्यसैगरी विराटनगर – ५ स्थित किड्स भिलेज स्कुल र बुढीगंगा गाउँपालिका – १ पुष्पलाल चोकमा रहेको मारिया किड्स मन्टेश्वरी स्कुलबिच गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा समेत सहकार्य गरेको छ । दुवै विद्यालयले विराटनगरको शिक्षालाई प्रि–प्राइमरी लेभलदेखि आधारभूत तहसम्म मन्टेश्वरी विधि र पद्धतिलाई विशेष प्राथमिकतामा राखी अझ मजबुत रुपमा अगाडि बढाउँदै लैजाने विषयमा दुई स्कुलबीचमा सहकार्य गरेको हो। बालबालिकाको मनोविज्ञानमा आधारित,समय सापेक्ष र अभिभावकको चाहना बमोजिम अभिभावकले खोजेको र रोजेको जस्तो शिक्षा प्रदान गर्न दुई स्कुलबिच गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि सहकार्य गरेको हो।
शैक्षिक सत्र २०८२ सालका लागि वसन्त पञ्चमीको अवसरमा नि:शुल्क भर्ना खुल्ला गरिएको स्कुलले जनाएको छ।