महिला त्रिकोणात्मक टि– ट्वान्टी आई सिरिजमा थाइल्याण्डको लगातार दोस्रो जित

<span class='c1'>महिला त्रिकोणात्मक टि– ट्वान्टी आई</span> <span class='c2'>सिरिजमा थाइल्याण्डको लगातार दोस्रो जित</span>

काठमाडौं । महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा थाइल्याण्डले लगातार दोस्रो जित हात पारेको छ ।

थाइल्याण्डले शनिबार नेपाललाई ४ विकेटले हराएको हो ।

१ सय २ रनको प्रतिस्पर्धात्मक लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । थाइल्याण्डका लागि नान्नापतले नट आउट रहँदै सर्वाधिक ६० रन जोडिन् । उनले ५८ बलमा ६ चौका प्रहार गरिन् । १६औं ओभरको चौथो बलमा नान्नापतले जीवनदान पाएकी थिइन् । रुविना क्षेत्रीको बलमा कप्तान इन्दु बर्माले क्याच मिस गरेकी थिइन् । १७ औं ओभरको अन्तिम बलमा नेपालकी मनिषा उपाध्याय घाइते भएर मैदान छोडेकी थिइन् ।
सुवानान खियाओतो १४ तथा कप्तान नारुइमोल चाइवाई १३ रनमा आउट भइन् ।

नेपालका लागि मनिषा उपाध्यायले २ तथा कविता जोशी, कविता कुँवर र रुविना समान १ विकेट लिइन् । तेस्रो ओभरको अन्तिम बलमा बलिङका क्रममा कविता घाइते भएकी थिइन् । उनको ढाडमा समस्या आएपछि अस्पताल लगिएको थियो । त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन बनायो ।

नेपालका लागि कविता र विन्दु रावलले सर्वाधिक रुपमा समान २५ रन बनाए । कविताले ३२ बलमा २ चौका प्रहार गरिन् । बिन्दुले २५ बलमा ३ चौका प्रहार गरिन् । कप्तान इन्दु बर्माले १७ बलमा २ चौकाको सहयोगमा १५ रन जोडिन् ।
ओपनर सम्झना खड्काले रनको खाता खोल्न नसक्दा ममता चौधरीले २ रन जोडिन् । पुजा महतो ६ तथा रुविना ४ रनमा आउट भइन् । कविता जोशी ८ तथा सिता राना मगर २ रनमा आउट भइन् ।

जितसँगै २ खेलमा थाइल्याण्डको ४ अंक भएको छ । खेलेको दुवै खेलमा पराजित नेपाल अंकबिहीन छ । आफ्नो तेस्रो खेल नेपालले आइतबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्