काठमाडौं । गण्डकी प्रदेश पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा रहेको भलिबल कोर्टमा शनिबार भएको दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गर्दै गण्डकीले फाइनल स्थान सुरक्षित गरेको हो ।
पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले गुमाएको थियो । तर, तेस्रो र चौथोमा पुनरागमन गर्दै साविक उपविजेता गण्डकी फाइनलमा पुगेको हो । गण्डकीले तेस्रो सेट २५–१५ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्यो ।
अब गण्डकीले उपाधिका लागि आइतवार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । गण्डकीसँग पराजित भएको आर्मीले तेस्रो स्थानमा चित्त बुझाएको छ । तेस्रो बनेको आर्मीले १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछ ।