नोबेल अस्पताल विराटनगर बाहिरी परिसरबाट आठजना पक्राउ, सेवाग्राहीलाई ठगेको आरोप

<span class='c1'>नोबेल अस्पताल विराटनगर बाहिरी परिसरबाट</span> <span class='c2'>आठजना पक्राउ, सेवाग्राहीलाई ठगेको आरोप</span>

विराटनगर । नोबेल अस्पताल विराटनगरको बाहिरी परिसरमा सञ्चालित फार्मेसी माध्यम भएर सेवाग्राहीसँग स्वास्थ्य सेवा बिचौलियाको काम गर्दै आएका आठजनालाई प्रहरीले पक्राउ गरेको छ । फार्मेसीको आडमा विभिन्न सम्पर्कमार्फत टिचिङ अस्पतालमा आएका बिरामीको उपचारमा सहयोग गर्ने नाममा दलाली गर्नेहरुलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।

बिचौलियाहरुले मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा उपचार सहजीकरणको नाममा बाहिरै पैसा दलाली गरेर भर्ना गर्नेदेखि औषधीसम्म उपलब्ध गराउँदै आएका छन् । एम्बुलेन्स, सिटी सफारी, गाउँगाउँका मेडिकल पसल तथा क्लिनिकमा समेत सम्पर्क बढाएर नोबेल अगाडीका फार्मेसी सञ्चालकले सञ्जाल बनाई सेवाग्राहीलाई ठग्ने गरेको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको थियो ।

प्रहरीले यसरी दलाली गर्नेहरुको पहिचान गरेपछि आइतबार दिउँसो एकैपटक उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी नियन्त्रणमा रहेका उनीहरुसँग अहिले जिल्ला प्रहरी कार्यालय मोरङमा सोधपुछ भईरहेको छ । पक्राउ परेका व्यक्तिहरुको विषयमा थप विवरण प्रहरीले खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्