ओवी अपडेट : चादनीको हत्यामा संलग्न ६ जनालाई ५ दिनको म्याद थपगरी अनुसन्धान सुरु

<span class='c1'>ओवी अपडेट : चादनीको हत्यामा संलग्न ६</span> <span class='c2'>जनालाई ५ दिनको म्याद थपगरी अनुसन्धान सुरु</span>

प्रेम देवान
विराटनगर । विराटनगर महानगरपालिका–५ विशाल चोकको कलेर्वा टोलमा गाडेको अवस्थामा भेटिएकी बालिकाको हत्यामा उनकै बाबुआमा र मामली परिवारको संलग्नता रहेको भेटिएको छ ।
भारत बिहारको छपराकी १४ बर्षिया चाँदनी यादवको शव मामली घर नजिकै बारीमा खाल्डो खनेर गाडेको अवस्थामा माघ १८ शुक्रबार शव फेला परेको थियो । मोरङ प्रहरीले तत्काल मामलीपटीका ६ जना परिवारलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

[caption id="attachment_290097" align="alignnone" width="640"] चादनी यादवको हत्यामा संलग्न ६ जनालाई शुक्रबार ५ दिनको म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यलय मोरङमा बयानपछि हिरासतमा लगिदै ।
तस्वीर : प्रेम देवान[/caption]

चाँदनीको हत्याको विषयमा गहिरो अनसुन्धानपछि बालिकाकी आमाबुबा र मामलीपटीको सदस्यहरु नै नै रहेको प्रारम्भीक अनुुसन्धानबाट खुलेको छ । प्रहरीले चाँदनीका मामली हजुरबुवा अन्दाजी ५७ वर्षीय सरजुग मण्डल, हजुरआमा बतासी मण्डल, मामा रामबाबु मण्डल , माईजु जानकी मण्डल , बुबा लालमोहन राय यादव , आमा राजकुमारी राय यादवलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । नियन्त्रणमा लिएका सबैलाई आईतबार जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरी अनुुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।


हत्या गरेकी चाँदनी बाबु लालमोहन यादव र आमा राजकुमारी मण्डल यादवसँगै करिब १ महिनाअघि विराटनगर–५ स्थित मामाघर आएकी थिइन् । यता आमाबुबाले भने चाँदनीलाई मामा घरमा नै छाडेर फर्केका थिए । चादनीको हत्या गर्र्नुको पछाडी ‘भारतमा १ व्यक्तिसँग चाँदनीको प्रेम सम्बन्ध रहेको र ती व्यक्तिसँग छुटाउने उद्देश्य राखी बाबुआमाको कुरा नमानेपछि रिसको झोंकमा सबै मिलेर हत्या गरेपछि घटना लुकाउन शव बारीमा गाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तथापी मोरङ प्रहरीले घटनाबारे थप विस्तृत रुपमा अनुसन्धान गरेपछि घटनाबारे सार्वजनिक गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्