विराटनगरमा बस्नलाई दिउँसो राखेका फलैंचा राती नै भाँचिन्छन्

<span class='c1'>विराटनगरमा बस्नलाई दिउँसो राखेका</span> <span class='c2'>फलैंचा राती नै भाँचिन्छन्</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिका–४ मा राखिएका सिमेन्ट फलैंचा रातभरमै भाँच्ने क्रम बढेको छ ।

स्थानीयको माग अनुसार वडाको बजेटबाट जताततै राखिदै आएको सिमेन्ट फलैंचाको उपयोग गर्न नपाउँदै क्षति पु¥याउन थालिएको हो ।

स्थानीय संघ संस्थाको साझा प्रयासमा निर्माण विराटनगर ४ मा राखिएका फलैंचा सोमबार राती नहरमा पल्टाएर क्षति पु¥याइएको छ । नहर क्षेत्रलाई सरसफाई गरेर वारपाार गर्नका लागि फलामको पुल तथा चौकको रुपमा विकास गर्नलाई राखिएका फलैंचा सोमबार राती क्षति पु¥याइएको हो ।
नेपाल फुलबारी वेस्ट थ्री आर पोलुसन कन्ट्रोल सर्भिस प्रा.लि. र स्थानीय समुदायको सहकार्यमा पहिले फोहोर र दुर्गन्धित क्षेत्र रहेको स्थानमा वृक्षारोपण, सिमेन्ट फलैंचा निर्माण र फलामको पुल निर्माण गरिएको थियो । तर, आपराधिक मनोवृत्ति भएका व्यक्तिहरूले रातभरमै भाँचिदिएको महानगरपालिकाका सरसफाई प्रमुख पुनम दाहालले बताएका छन् ।

महानगरपालिकाले प्राथमिकताका आधारमा बजेट बिनियोजन गर्नु भन्दा फलैंचा खरिद गरेर जथाभावी राख्ने क्रम बढ्दो छ । पछिल्लो समय शहरका विभिन्न स्थानमा राखिएका फलैंचाको प्रयोग गर्नुभन्दा पनि यसलाई क्षति पु¥याउने मनोवृत्ति धेरै देखिएको छ । चालु आर्थिक वर्ष भित्र मात्रै झण्डै ४० लाखका फलैंचा खरिद गर्ने बजेट वडाहरुले राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्