विराटनगर । नेपाल राष्ट्र बैंक विराटनगरको डिजिटल बोर्ड ह्याक भएको छ ।
आज (मंगलबार) साँझदेखि बैंकको प्रवेशद्वारमा राखिएको बोर्ड ह्याकरको कब्जामा पुगेको हो । ह्याक भएको बोर्डमा अङ्ग्रेजीमा ‘आई लभ यू खुश्बु’ लेखिएको छ ।
ह्याक भएपछी प्रवेशद्वारमा राखिएको डिजिटल बोर्ड बैंकले बन्द गरेको छ । नेपालमा पछिल्लो समय सार्वजनिक स्थानमा राखिएका डिजिटल बोर्ड ह्याक गर्ने घटना बढेका छन् । सरकारी कार्यालय र विभिन्न संस्थाले राखेका डिजिटल बोर्ड ह्याक भइरहेका छन् ।
कुनै आइटी सम्बन्धी जानकारी राख्ने व्यक्तिले आफ्नी प्रेमिकालाई ‘इम्प्रेस’ पार्न उक्त बिजाइँ गरेको प्रहरीको अनुमान छ । अथवा त्यहाँ पर्पोज गरेर आफ्नो प्रेमीकालाई प्रभावित पार्न खोजेको पनि हुन सक्छ। तर, अनुसन्धानपछि पत्ता लागे कानुनी कारबाही गर्ने प्रहरीले जनाएको छ ।
सेवाग्राहीलाई सूचना दिन यस्ता बोर्ड कार्यालयमा राखिन्छन् । तर, केही व्यक्तिले चर्चा पाउन र सम्बन्धित संस्थालाई बदनाम गर्ने नियतले डिजिटल बोर्डको पहुँच नियन्त्रणमा लिने र इच्छा लागेका शब्द राखिदिने प्रवृत्ति देखिएको छ ।