विराटनगर । विराटनगरको नोबेल क्यान्सर अस्पतालले क्यान्सर सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रमको आयोजना गरेको छ। विश्व क्यान्सर दिवसको अवसरमा मंगलबार बिहानैदेखि कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमअन्तर्गत नोबेल क्यान्सर अस्पताल भवनबाट शहीद मैदानसम्म म्याराथन दौड सञ्चालन गरिएको थियो। साथै, शहीद मैदानबाट सुरु भई विराटनगरका विभिन्न क्षेत्र परिक्रमा गरेर क्यान्सर रोगको सचेतनाका लागि ¥याली निकालिएको थियो । यसबाहेक, स्लो साइकलिङ तथा पारा–साइक्लिङ प्रतियोगिता समेत गरिएको थियो ।
यसैगरी नोबेल क्यान्सर भवनको प्राङ्गणमा पुरस्कार वितरण समारोह तथा साँस्कृतिक कार्यक्रम साँझ आयोजना गरिएको थियो । कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राई प्रमुख अथितिको रुपमा उपस्थित भएका थिए । यसैगरी प्रदेश स्वास्थ्य निर्देशानालयका ज्ञानबहादुर बस्नेत, लायन्स क्लव अन्तराष्ट्रिय ३२५ सी डिस्ट्रिक गभर्नर विकास अधिकारी, नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालसहितको उपस्थिति रहेको थियो ।
अस्पतालका निर्देशक डा. राजेश नेपाल, अस्पतालका उपनिर्देशक डा मुक्ति आचार्य, प्राचार्य डा रामहरि घिमिरे, उप–प्राचार्य डा.रितु शर्मा बराल, क्यान्सर उपनिर्देशक डा.प्रदिप भण्डारी, जनरल म्यानेजर–दीपेश राई, नर्सिङ निर्देशक गंगा अधिकारी ,स्वास्थ्य विभाग प्रमुख डा. बन्दना पौडेल ,लायन्स इन्द्र खत्री लगायतको उपस्थिति रहेको थियो ।