विराटनगर । विराटनगरको पिपल चोकस्थित ह्यापी आवर हेभनमा आगामी फेब्रुअरी ७ देखि १४ सम्म भव्य ‘हेभेन्टाइन्स विक’ सेलिब्रेशन हुने भएको छ।
प्रेम दिवस (भ्यालेन्टाइन्स डे) को अवसरमा आयोजना गरिने यस विशेष कार्यक्रममा लाइभ म्युजिक, रोमान्टिक टेबल सेटअप, एक रुपैयाँमा विशेष खाना, साथै विभिन्न आकर्षक अफरहरू रहनेछन्।
रोमान्स, संगीत र स्वादको संगम
कार्यक्रममा थिम ड्रेस, बेस्ट कपल ड्रेस प्रतियोगिता, कपल गेम्स जस्ता रोचक गतिविधिहरू समावेश गरिएका छन्। प्रेमिल जोडीहरूका साथै पारिवारिक सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले पनि एक सातासम्म विशेष कार्यक्रमहरू आयोजना गरिने आयोजकले जनाएको छ।
रात्री भोजलाई रोमान्टिक बनाउन विषेश दिनमा लाइभ म्युजिकको व्यवस्था गरिने छ, जसले वातावरणलाई झनै रोमाञ्चक बनाउनेछ। प्रेम दिवसलाई अविस्मरणीय बनाउन चाहने जोडीहरूका लागि यो कार्यक्रम विशेष हुने अपेक्षा गरिएको छ।
ह्यापी आवर हेभनले यसअघि पनि विभिन्न रोचक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। यसपटकको ‘हेभेन्टाइन्स विक’ प्रेम दिवसको उत्सवलाई अझ विशेष बनाउने उद्देश्यले आयोजना गरिएको हो।
विराटनगरवासीले ७ देखि १४ फेब्रुअरी सम्म ‘हेभेन्टाइन्स विक’ को मजा लिन सक्नेछन्। रोमाञ्चक क्षणहरू अनुभूत गर्नका लागि समयमै आफ्नो टेबल सुरक्षित गर्न आयोजकले आग्रह गरेको छ।