विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजना बीच कोशी प्रदेशमा साना तथा मझौला उद्योग प्रर्वद्धनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत र उदय परियोजनाका टिम लिडर अरुण राणाले बुधबार हस्ताक्षर गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राउतले मुलुकको आर्थिक एवं सामाजिक विकासमा लघु घरेलु तथा साना उद्योगको महत्वपूर्ण स्थान रहेको र नेपालको कुल ग्राहस्थ उत्पादनमा करिब २२ प्रतिशत योगदान रहेकोले यस क्षेत्रका लागि अनुकुल वातावरण बनाउने प्रयत्नको रुपमा सम्झौता गरिएको बताए । उनले १७ लाख मानिसहरूलाई रोजगारी प्रदान गरेको साना तथा मझौला उद्योगको प्रवद्र्धन अपेक्षित रूपमा हुन नसकिरहेको अवस्थामा महासंघले व्यवसायिक विकास सेवा सुरुवात गरेको उल्लेख गर्दै क्षमता विकास संजाल विस्तार समन्वय हुने बताएका छन् ।
उदय परियोजनाका टिम लिडर अरुण राणाले यो समझदारी पत्रले कोशी प्रदेशमा सक्रिय साना तथा मझौला उद्योगलाई लक्षित गरि व्यवसाय विकास परामर्शदाता परिचालन गर्ने साझेदारीको रुपरेखा प्रस्तुत गर्ने बताएका थिए । कोशी प्रदेशका साना तथा मझौला उद्योग प्रवद्र्धनमा महासंघ कोशीले विभिन्न कार्यक्रमहरु संचालन गदै आईरहेको छ । समझदारी पत्रमा उल्लेख उद्योग व्यवसायको पूँजीको पहुँच, लगानी तथा नवप्रर्वतक प्रर्वद्धन लगायतका कार्यक्रम महासंघ कोशी प्रदेशले कोशी प्रदेशमा रहेका सबै जिल्ला÷नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ तथा व्यवसायिक संघ÷संस्थाको सहकार्यमा अघि बढाइने छ ।