विराटनगरको न्युरो अस्पतालमा अन्तर्राष्ट्रियस्तरको उपचार पाएँ : डा. मदन कोइराला

<span class='c1'>विराटनगरको न्युरो अस्पतालमा अन्तर्राष्ट्रियस्तरको उपचार पाएँ</span> <span class='c2'> : डा. मदन कोइराला</span>

विराटनगर । विराटनगरका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. मदन कोइरालालाई विरामीलाई जाँच गर्दै गर्दा एक्कासी चिउँडो, पातो र छाती दुख्यो । त्यसपछि उनले पेनकिलर खाए । ठिक नभएपछि उनले ओपिडी बन्द गरेर इसिजी र रगतका केही जाँच गरे ।

मंगबलार दिउँसोतिर उनका सहयोगीले रिर्पोट लिएर आए । त्यो रिपोर्ट हेरेपछि उनको मनमा चिसो पस्यो । रिपोर्ट हेरेपछि उनले हृदयघात भएको आशंका गरे र घरदेखि करिब सय मिटरको दुरीमा रहेकोे विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल जाने निधो गरे । लगतै अस्पतालका कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा।निकेशराज श्रेष्ठलाई उनले आफ्नो स्वास्थ्यको समस्या बारेमा जानकारी पनि गराए ।

अस्पतालको आकस्मिक कक्षमा आएपछि डा। श्रेष्ठले इसिजी गरे । त्यसपछि देखियो मुटुको रगत नलीको एउटा भल्व बन्द रहेछ । ‘हृदयघात भएको १÷२ घण्टाभित्रमा हस्पिटल आए । जसले गर्दा उपचारमा सहज भयो । त्यसपछि क्याथल्याब लगियो र एन्जीयोप्लाष्टिक गरेर बन्द भएको मेरो मुटुको भल्व खोलियो। अहिले न्युरो हस्पिटलमा मुटुको भरपर्दो उपचार पाएकोे छु,’ बुधबार डिस्र्चाज भएपछि डा। कोइरालाले भने, ‘मेरो छोरा, छोरी, ज्वाँइ र बुहारी सबै डाक्टर छन् । उनीहरुसँग पनि कुराकानी भयो । त्यसपछि डा। निकेशराज श्रेष्ठ मुुटु रोगको उपचारमा अनुभवी र भरपर्दो चिकित्सक हुन् भन्ने मलाई थाहा थियो । त्यही भएर म काठमाण्डौं नगएको हो । घर नजिकको न्युरो हस्पिटलमा उपचार गरेको छु । निकेश राज मेरो साथी ज्ञानबहादुर श्रेष्ठको छोरा पनि हो । त्यसैले मैले यहाँ उपचार गरें । एन्जीयोप्लाष्टिक गरेर अहिले एउटा स्टेन लगाएको छ । अहिले धेरै राम्रो भएको छ । न्युरोको क्याथ ल्याब गंगालाल, मनमोहन वा अन्य विकसित मुलुकको जतिकै छ । न्युरोमा अन्तर्राष्ट्रियस्तरको उपचार पाएको अनुभूति गरेको छु । अहिले ठिक छ । यहाँबाट गएर फुटबल पनि खेल्न सक्ने भएको छु ।’

मुटुको उपचार न्युरोमा भरपर्दो हुने विश्वास पनि उनले सुनाए । ‘एयर लिफ्ट गराएर बाहिर उपचार गराउन गएको भए मेरो कति खर्च हुने थियो । न्युरोले त्यो खर्च जोगाइ दिएको छ । हृदयरोग देखिएपछि जतिसक्दो चाँडो हस्पिटल जानुपर्ने हुन्छ । जति ढिलो भयो त्यति मुटु बिग्रन सक्छ । छोरीले मलाई काठमाडौं आउनु भन्दै थिइन् । तर, म गइन । मलाई विश्वास थियो । काठमाडौं र बाहिर जतिकै उपचार न्युरोमा डा। निकेशराजले गर्नुहुन्छ भन्ने मलाई विश्वास थियो । अहिले आएर प्रमाणित पनि भएको छ । अहिले राम्रो पनि भयो । उपचारमा खटिने चिकित्सकप्रति कृतज्ञ छु ।’

उपचारमा संलग्न अस्पतालका कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा।निकेशराज श्रेष्ठले डा। मदन कोइरालाको एन्जियोग्राम गर्दा मुटुको एउटा रगत नली ९भल्व० बन्द भएकोले हामीले सफल उपचार गरेको बताए । ‘एन्जीयोप्लाष्टि गरेर बल्क भएको रगत नली खोलिएको छ । बल्क भएको रगतको नली खोलिएपछि मुटुको मांशपेशीले रगत पाएपछि मुटुको मर्न लागेको भागलाई बचाउन सकिन्छ । जसले गर्दा छाती दुखाइ कम हुने गर्दछ,’ डा। श्रेष्ठले भने, ‘हृदयघात भएका विरामी जतिसक्दो चाँडो अस्पताल भए उपचारमा सजिलो हुने गर्दछ र बचाउन सकिन्छ ।’

अत्याधुनिक उपकरण र चर्चित कार्डियोलोजिष्ट चिकित्सकसहितको टिम दुवैको संयोजन मिलेका कारण न्युरोले मुटु उपचारमा पछिल्लो समयमा फड्को मार्दै गएको छ ।न्युरोमा विशेषज्ञ चिकित्सकसहितको ‘क्याथल्याब’ सञ्चालनमा ल्याएपछि मुटुरोगीका विरामीको उपचारमा न्युरो निरन्तर सफलतातिर अग्रसर बनेको छ । अस्पतालमा मुटुरोगीको सफल शल्यक्रिया तथा उपचार हुन थालेपछि पूर्वी नेपाल र भारतका विरामीको चाप बढ्न थालेको छ । गुणस्तरीय सेवा प्रदान गरेर विरामीको मन जित्न पनि न्यूरो सफल हुँदै गएको हो ।

मुटुमा जटिल समस्या भएका विरामीका लागि कोरोनरी तथा रेनल एन्जियोग्राफी, एन्जियोप्लाष्टी र पेसमेकर प्रत्यारोपणमा न्युरो–कार्डियो अस्पतालले छोटो समयमै फड्को मारेको छ । नेपाली र भारतीय मुटुरोगीले सेवा पाउँदै आएको अस्पतालमा जटिल शल्याक्रियालाई आवश्यक पर्ने प्रविधि र विशेषज्ञ चिकित्सक उपलब्ध भएसँगै उपचार गराउने विरामीको संख्या बढ्दै गएको छ । न्युरोमा मुटुको भल्वमा पर्ने प्वालको परीक्षण, मुटुका नलीमा जम्ने रगत खोल्ने उपचार पद्दतिदेखि मुटुमा ब्याट्री राख्ने विरामीहरुको सफल उपचार हुने गरेको छ । हृदयाघात भएका विरामीका लागि गरिनुपर्ने उपचार पद्दतिमध्ये एन्जियोग्राफी, मुटुको नशामा जम्ने रगत खोल्ने एन्जियोप्लाष्टी र मुटुको चाल बढाउन मुटुमा ब्याट्री राखिने पेसमेकरबाट विरामीले लाभ लिइरहेका छन् ।

कुनैपनि अस्पतालमा भर्ना भएका विरामीको लक्षण हेरेर मुटुको समस्या भएको आशंका लागे तत्काल विशेषज्ञ चिकित्सकसम्म उपचारमा पठाउने संस्कारको विकास नहुँदा कतिपय विरामीको ज्यान जाने गरेको छ । असन्तुलित खानपिन तथा शारीरिक कसरत अभावले निम्त्याउने हृदयाघातका विरामीको वायाँ भागतर्फको छाती क्रमशः दुख्दै दायाँ हाततर्फ सरेमा तत्काल विशेषज्ञ चिकित्सकसम्म पुग्नुपर्ने डा.श्रेष्ठको आग्रह छ ।

त्यसबाहेक पनि मुटुको नलीमा हुने समस्या, भल्वमा पर्ने प्वाल र नली पुरिने, मुटुकै मांसपेशीमा देखिने समस्या र उच्च रक्तचाप र मधुमेहका विरामी हृदयाघातको उच्च जोखिममा हुने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्