विराटनगरमा सन्ध्याकालिन आरतीस्थलसहित यी सात बहुवर्षे योजना सम्पन्न उन्मुख

<span class='c1'>विराटनगरमा सन्ध्याकालिन आरतीस्थलसहित यी सात</span> <span class='c2'>बहुवर्षे योजना सम्पन्न उन्मुख</span>

विराटनगर । विराटनगर महानगरपालिकाले सुरु गरेका सातवटा बहुवर्षे पूर्वाधार योजनामध्ये पाँच वटा सम्पन्न उन्मुख भएका छन् ।

महानगरपालिकाले २०७९ साल असोजयता सम्झौता गरेर निर्माणको प्रक्रियामा लगेका ठूला र महत्वपूर्ण योजनाको काम अन्तिम चरणमा पुगेको दावी गरिएको हो ।

विराटनगर महानगरपालिकाले पर्यटन पूर्वाधारको रुपमा विकास तथा संरक्षण गरिरहेको रानी र मण्ठा पोखरी तथा आरतीस्थलको निर्माण सम्पन्न हुनुपर्ने म्याद अब एक महिनामा सकिदैछ । यसैगरी त्रिभुज मार्गको नाला तथा सडक निर्माणको काम साढे तीन महिना, पुष्पलालचौक–ठूलोमिल सडकको मर्मत चार महिना २२ दिन प्रधानमन्त्री पार्क ९ महिना २२ दिनमा सम्पन्न हुनुपर्ने मिति छ ।

ठेकेदार कम्पनीसँग कार्य प्रारम्भका लागि गरिएको सम्झौता अनुसार महानगरपालिकामा चालु आर्थिक वर्ष भित्रै पाँचवटा योजना निर्माण सम्पन्न हुनुपर्नेछ ।
महानगरपालिकाले बढाएको ऐतिहासिक र धार्मिक महत्व बोकेका विराटनगर–१४ स्थित रानी र मण्ठा पोखरीको काम अन्तिम चरणमा पुगेको छ । रानी र मण्ठा एकैदिन २०७९ साल माघ १९ गते सम्झौता भएका योजना हुन् । दुवैको निर्माण अवधी २०८१ बैशाख ३० गते सकिएपनि म्याद थपिएर आगामी फागुनसम्म पुगेको छ । ६ करोड १६ लाख ६१ हजार लागतमा निर्माण भईरहेको रानी पोखरीको भौतिक प्रगति ८५ प्रतिशत छ । यसैगरी ७ करोड ३७ लाख ७९ हजार ५७४ रुपिँयाको लागतमा निर्माण भईरहेको मण्ठाको भौतिक प्रगति ८० प्रतिशत रहेको छ । यी दुईवटा संरचनाको अहिले सौन्दर्यकरणसहित अन्तिम निर्माण कार्य भईरहेको महानगरका इन्जिनयिर सुजन श्रेष्ठले जानकारी दिएका छन् ।

यसैगरी ३ करोड ९८ लाखको लागतमा विराटनगर–२ स्थित हनुमान मन्दिर परिसरमा निर्माणाधिन रहेको सन्ध्याकालिन आरतीस्थल दुईवर्ष अगाडीदेखि निर्माणाधिन चरणमा रहेको छ । सम्पन्न हुनुपर्ने मितिभन्दा पाँच महिना म्याद थप गरिएको यो योजना आगामी एक महिना भित्र सम्पन्न हुने अवधी दिइएको छ। यसको मुख्य संरचनाहरु निर्माण भईसकेकोले अब फिनिसिङ्गको काम बाँकी रहेको बताइएको छ । महानगरपालिकाले बहुवर्षे योजनामा समेटेर निर्माण गरेको त्रिभुज मार्गको नाला तथा सडकको लागत तीन करोड ३८ लाख रहेको छ । आगामी चैतसम्म सम्पन्न अवधी रहेको यो पूर्वाधारमा कालोपत्रे बाहेकका काम सकिएको हो ।

अर्को योजना भनेको पुष्पलाचौक–ठूलो मिल सडक मर्मत रहेको छ । एक करोड ३२ लाख लागतमा मर्मत गरिएको यो सडक काम करिब सकिएको छ । इन्जिनियर श्रेष्ठका अनुसार हाम्रो चौकमा स्थानीयले विवाद झिकेपछि सडक कालोपत्रे गर्ने काम रोकिएको हो ।
महानगरपालिकाको अर्को ठूलो योजना विराटनगर ७ स्थित पूर्वप्रधानमन्त्री पार्क हो । चालु रहेका बहुवर्षे योजनामध्ये २०७९ असोजमा सम्झौता भएको १७ करोड १३ लाख लागतको योजना २०८२ असोजसम्म सम्पन्न गर्ने म्याद रहेको छ । यो पार्कको मुख्य संरचनाको काम सकिएको दावी गरिएको छ ।
महानगरपालिकाले विराटनगर ३ मा डुबान नियन्त्रणका लागि ३ करोड ९८ लाख बराबरको योजना दुईवर्ष अगाडीदेखि नै सुरु गरेको थियो । अब एक वर्ष अवधी रहेको योजनाले मानगढ, प्रतिक मार्ग, त्रिमार्ग, फिफा मार्ग, मितेरी मार्ग, आस्था र हिमाली क्षेत्रमा नाला, सडक तथा निकासको काम भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्