इन्दु साह
विराटनगर । फेब्रुअरी महिनालाई प्रेमको महिनाको रूपमा चिनिने गरे पनि यसवर्ष विराटनगरमा गुलाफको फूलको माग निकै कम रहेको व्यापारीहरूले बताएका छन्। विगत वर्षहरूमा रोज डे, प्रपोज डे र भ्यालेन्टाइन डे जस्ता अवसरहरूमा गुलाफको फूलको माग राम्रै हुने गरेको थियो विराटनगरका पुष्प व्यवसायी दिपक पालले बताए।
तर, यो वर्ष रोज डेको अघिल्लो दिनसम्म पनि खासै अर्डर आएको छैन । यस्तै अर्का ५४ वर्षीय अमल बेराका अनुसार विगत वर्षहरूमा ग्राहकहरूले अग्रिम रूपमा फूलको अर्डर दिने गरेका थिए। यस वर्षको व्यापार निकै निराशाजनक देखिएको छ उनले भने । व्यापारीहरूले एउटा रातो गुलाफको मूल्य २५ देखि ५० रुपैयाँसम्म तोकेका छन् भने गुलाफको बुकेको मूल्य फूलको संख्या अनुसार ५०० रुपैयाँदेखि माथि रहेको छ।
यस वर्षको कम मागले व्यवसायमा असर पर्ने देखिएको छ अर्का व्यवसायी गणेश मसन्तोले बताए। उनका अनुसार गत वर्ष यही समयमा दैनिक सयौंको संख्यामा गुलाफ बिक्री हुने गरेको थियो। यस वर्षको कम मागको कारण बारे व्यापारीहरूले स्पष्ट धारणा राखेका छैनन् ।
अन्य समयमा व्यापारीहरुले २ सय देखि ३ सय पिस गुलाफको फुल मागाउने गरेका छन् । विराटनगरका अधिकासं पुष्प व्यावसायीहरुले भारतको कोलकोता लगायतका स्थानबाट ल्याउने गरेका छन् ।