जुटमिलको जग्गा हडपेर बनाएका संरचना महानगरले बालेन शैलीमा डोजर लगाएर भत्काईदियो

<span class='c1'>जुटमिलको जग्गा हडपेर बनाएका संरचना महानगरले</span> <span class='c2'>बालेन शैलीमा डोजर लगाएर भत्काईदियो</span>

विराटनगर । विराटनगर जुटमिलको जग्गा हडपेर संरचना बनाएको भन्दै विराटनगर महानगरपालीकाले डोजर लगाएर भत्काईदिएको छ।

विराटनगर–१६ स्थित जुटमिल दक्षिण सुगर मिल जाने बाटो तथा पूर्वतर्फ हनुमान मन्दिर भएको क्षेत्रको आसपासमा बनाइएको संरचाना शुक्रबार विराटनगर महानगरपालीकाले डोजर लगाएर भत्काएको हो ।


विराटनगरका औषधी व्यावसायी जितु रजकले सरकारी जग्गा हड्पेर बनाएको भन्दै स्थानियवासीले वडा कार्यालय , विराटनगर महानगरपालीकाको न्यायिक समितिमा समेत उजुरी हाले पनि अटेर गरेर बनाइएको संरचना महानगरले डोजर लगाएर भत्काएको हो । रजकले उक्त क्षेत्रमा जुटमिलको जग्गा केही भाग किनेका थिए । तर उनले हनुमान मन्दिर जाने बाटो र आफुले किनेको जग्गा अगाडीको सरकारी जग्गामा घेराबन्दी गरेको भन्दै महानगरले डोजर लगाएर भत्काएको महानगरका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिनुभयो । यता जग्गा धनी रजकका परिवारले भने प्रशासनको आडमा आएर जवरजस्ती आफुहरुले किनेको जग्गामा बनाइएको सरचना भत्काएको भन्दै कानुनी प्रक्रियमा जाने बताएका छन् । उक्त क्षेत्रमा कुनै पनि हुलदङगा तथा अप्रिय घटना नहोस भने ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा सुरक्षा परिचालन गरिएको थियो । मोरङ प्रहरी शशस्त्र प्रहरी , जनपथ प्रहरी तथा सादा पोशाक सुरक्षाकर्मी तैनाथ रुपमा परिचालन गरेको थियो ।


जुटमिलको जग्गा हड्पनको लागि केही समूहले सक्रिय भएपछि विराटनगर जुटमिल प्रशासनले स्थानीय प्रशासनसँग यसअघि रोकिदिन अनुरोध गर्दै पत्राचार समेत गरेको थियो । विराटनगर जुट मिलका अध्यक्ष राजेन्द्र कार्कीका अनुसार जग्गा अतिक्रमण भएको विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा समेत जानकारी दिइएको छ ।
जुटमिल प्रशासन प्रमुख श्यामकुमार लामाले भरत तामाङ, चक्रबहादुर श्रेष्ठ र मोहमद मुख्तारको नाम किटेरै जिल्ला प्रशासन कार्यालय मोरङमा आवश्यक कारवाहीका लागि गत माघ १५ गते उजुरी दिएका थिए । त्यसपछि मोरङका प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा संयन्त्रको टोलिले अतिक्रमित क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो ।

जग्गा अतिक्रमण भएको क्षेत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले समेत गत सोमबार निरीक्षण गर्नु भएको अध्यक्ष कार्कीले जानकारी दिएका छन् । अहिले जुट मिटको जग्गा अतिक्रमण गर्ने र संरचना बनाउने ठुलै गिरोह सक्रिय रहेको बताइएको छ । यस विषयमा प्रशासनले बेलैमा ध्यान दिन सकेन भने करौडौ मुल्य बराबरको जग्गा कौडीको भाउमा भोलीको दिनमा किनबेच नहोला भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्