विराटनगर । विराटनगर रानी मिल्श एरीया गौतम बुद्ध स्कुल दक्षिण खुला मैदानमा रानी मिनी महोत्सव आजबाट सुरु भएको छ ।
लालीगुराँस स्पोर्टिङ क्लब रानीको आयोजनामा माघ २७ देखि फागुन २७ गतेसम्म उक्त महोत्सव लाग्ने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

महोत्सवबाट आएको आम्दानीले खेलकुद क्षेत्रमा लागेका बालवालिकाहरुको क्षमता अभिवृती गर्नुको साथै उनीहरुलाई निःशुल्क प्रशिक्षण प्रदान गरिने क्लबका सचिब रोशन ठाकुरीले जानकारी दिए । ‘महोत्सवबाट आएको आम्दानीले स्थानीय बालवालिकाहरुको खेलकुद विकासमा महत्पूर्ण योगदान पुर्याउने लक्ष्य रहेको छ,’ सचिव ठाकुरीले भने ।
एक महिनासम्म संचालन हुने महोत्सवमा विभिन्न प्रकारका फुड स्टल, बालवालिकाहरुको लागि खेल सामाग्री र दैनिक स्थानीय र चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुती हुने बताइएको छ । महोत्सवमा ज्योती मगर, अनु चौधरी, अन्जु कुशमी, राज कुसमी, एलीना चौहान लगायतका कलाकाहरुबाट दैनिक रुपमा मनोरञ्जन प्रदान गर्नेछन् । त्यसैगरी स्थानीय कलाकारहरुबाट प्रस्तुती हुने बताइएको छ ।

महोत्सवमा दैनिक एक हजार बढीले अवलोकन गर्ने अपेक्षा राखेको छ । राष्ट्रिय स्तरको कलारकाहरु आउँदा मात्रै आयोजकले टिकट राखेको छ भने अन्य दिन निःशुल्क रहेको छ ।