विराटनगर । विराटनगरमा रहेको शिक्षादिप कलेजका विद्यार्थीहरुको सर्वाङ्गीण विकासको निम्ती आयोजना गरिएको साप्ताव्यापी कार्यक्रम सम्पन्न भएको छ । पढाईका अतिरिक्त विद्यार्थीहरुको व्यावहारिक ज्ञान र सीपमा सक्षम बनाउनको लागि आयोजना गरिएको साप्ताव्यापी कार्यक्रम आईतबार एक भव्य समारोह विच सम्पन्न भएको हो । शिक्षादिप कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत विज्ञान संकायका विद्यार्थीहरुको लागि आईटी वर्कसप, रोवटिक , सेटालाईट , एविएसन , एस्ट्रोनमी वर्कसप कार्यक्रम संचालन भएका थिए । पाठ्यक्रममा रहेका सम्बन्धित विषय वस्तुहरुलाई समेटेर ४ सय भन्दा बढी विद्यार्थीहरु ‘रोबोटिक्स खगोल विज्ञान उड्डयन र कार्यशाला’ सहभागी भएका थिए ।
विद्यार्थीहरुले एक हप्ताको कार्यशाला सकिएपछि विद्यार्थीहरुले रिमोर्ट कन्ट्रोल प्लेन बनाएका छन् । उनीहरुले पाँच सय मिटर उचाइसम्म उडनसक्ने रिमोर्ट कन्ट्रोल प्लेन बनाएर प्रर्दशन गरेका छन् ।
विद्यार्थीहरुले बनाएको रिर्मोटबाट उड्ने प्लेनसहित रकेट, रोबर्ट र स्याटेलाईट टेक्नोलोजी प्रर्दशनी कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, कोशी प्रदेश सभा सदस्य तथा कलेजका अध्यक्ष भिम पराजुली, विराटनगरका महानगरपालिका प्रमुख नागेश कोइराला, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव अधिकारी र विभिन्न विद्यालयहरुबाट आएका प्रिन्सिपलहरुले अवलोकन गरेका छन् ।
कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विद्यार्थीहरुले गरेको अविष्कारलाई राज्यले प्राथामिकतामा राखेको बताउनुभयो । सूचना प्रविधिसम्बन्धी ‘इनोभेशन’लाई व्यावसायीकरण गर्नु राज्यको दायित्व भएको उहाँले बताउनुभयो । तीनै तहका सरकारले विद्यार्थीहरूका नयाँ अविष्कारलाई सहयोग गरी प्रोत्साहन गर्नुपर्ने मुख्यमन्त्री कार्कीको भनाई थियो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सूचना प्रविधिको विकासले मुलुकमा विदेशी मुद्रा आर्जन गर्न सक्ने बताएउनुभयो । कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले यस्ता गतिविधि निरन्तर गरेर विज्ञान सिकाइ प्रभावकारी बनाउनु आवश्यक रहेको बताउनुभयो । ‘मेडिकल र इन्जिनियरिङको क्षेत्रमा धेरै अघिदेखि अग्रस्थानमा रहेका काम गर्दै आएको र आईटीको क्षेत्रमा पनि दक्ष प्राविधिकहरू हायर गराएर कार्यशाला सञ्चालन गरिएका प्रिन्सपल खड्काले कार्यक्रम सहभागीहरुलाई जानकारी गराउनुभयो ।
कलेजका अध्यक्ष तथा प्रदेश सांसद भिम पराजुलीले सूचना प्रविधिमा राम्रो भविष्य रहेकोले अहिलेको नयाँ नया प्रविधीको टेक्नोलोजीसँगै विद्यार्थीहरुलाई पनि अगाडी लैजानुपर्ने उद्घोष गर्नुभयो । कार्यक्रममा शिक्षादीप कलेजले उत्कृष्ट विद्यार्थी तथा लगनशिल कर्मचारीहरुलाई सम्मान पनि गरेको छ । कक्षा ११ को वािर्षक परीक्षामा विज्ञान संकायतर्फ छात्रा प्रथम हुने रचिता दंगाल र छात्रतर्फ प्रथम हुने रुसन दाहाललाई सम्मान गरिएको छ । त्यसैगरी कक्षा ११ को व्यवस्थापन संकायतर्फ प्रथम हुने छात्रातर्फ नेन्सी राजवंशी र छात्रतर्फ प्रथम हुने रोशनकुमार महत्तोलाई सम्मान गरेको छ ।
कलेजले दुई जना कर्मचारीलाई पनि सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा दीपा बस्नेत केसी र दयाराम रिमाल रहेका छन् । त्यस्तै राजेन्द्र प्रसाद यादव र सौगात भट्टराई शिक्षकलाई कलेजले सम्मान गरेको छ । सम्मानित भएका विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कदर पत्र दिएर सम्मान गर्नुभएको थियो । गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक वातावरणमा पढाई हुदै आएको कलेज कोशी प्रदेशको एक उत्कृष्ट स्थानमा पर्दै आएको छ ।