विराटनगरमा चाँदनी ज्वेलर्सबाट सञ्चालकको ठगी, सर्वसाधारणबाट उठाएर काठमाण्डौंमा घर र लक्ष्मी गोल्ड

<span class='c1'>विराटनगरमा चाँदनी ज्वेलर्सबाट सञ्चालकको ठगी, सर्वसाधारणबाट</span> <span class='c2'>उठाएर काठमाण्डौंमा घर र लक्ष्मी गोल्ड</span>

विराटनगर । ब्याजको लोभ देखाएर सर्वधारणबाट रकम जम्मा गराउने र कानुनविपरीत वित्तीय कारोबार गरेर सर्वसाधारणलाई ठगी गर्ने विराटनगर–८ का पवन श्रेष्ठ र उनकी श्रीमतीले विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिनेको संख्या दैनिक बढ्दै गएको छ । विराटनगर–७ स्थित मेनरोडमा चाँदनी गहना सो–रुम सञ्चालन गर्दै आएका दम्पतीले सर्वसाधारणलाई झुक्यान तथा भुलभुलैयामा पारेर रकम असुलेपछि काठमाण्डौं चाहविलमा नयाँ सुन पसल सञ्चालनमा ल्याएको समेत खुलेको छ । चाहविलमा लक्ष्मी गोल्ड भण्डार नामको पसल सञ्चालन गरेर पवनकी श्रीमतीसुनिताले चलाईरहेकी छिन् । उनीहरुका आफन्तका अनुसार यहाँ उठाएको रकमले उनीहरुले त्यहाँ घर समेत खरिद गरेर ज्वेलर्स सञ्चालन गरेका हुन् ।

पासबुक नै जारी गरेर बचत जम्मा गराउने तथा ऋण लगानी गर्नेसम्मको कारोबार सुन पसलबाटै गरेका श्रेष्ठ दम्पतीले धेरै संख्याका सेवाग्राहीलाई ठगेर सम्पति जम्मा गरेपछि कागजी सम्बन्ध बिच्छेद गरेर अर्को छलछाममा पारेको पीडितहरु बताउँछन् । काठमाण्डौंमा घरसहित सुन पसल सञ्चालनमा ल्याएपछि उनीहरुले योजनामा सम्बन्ध बिच्देछ गरेर पीडितलाईलाई छलछाम गर्दै आएका हुन् ।
श्रेष्ठलाई गत माघ २१ गते मोरङ प्रहरीले पक्राउ गरेपछि अहिले अनुसन्धान भईरहेको छ । तर, श्रीमती सुमित्राको हकमा अहिलेसम्म केहि भएको छैन । उनीहरुका विरुद्ध उजुरी दिनेको संख्या समेत दैनिक बढिरहेको छ ।

अधिकांशले ज्वेलर्स सञ्चालक श्रेष्ठ दम्पतीले बचत गराएर धेरै ब्याज पाइने आसा देखाउने गर्दा फसेको गुनासो गरेका छन् । धेरै ब्याज पाइने आसामा ज्वेलर्सको पासबुक लिएका कतिजनाबाट पासबुक फिर्ता लिएको समेत पाइएको छ । कतिपय पीडितले सुन राखेर पैसा लिए, फिर्ता गरेपछि सुन झिक्न भन्दै कागजात लिएपछि विभिन्न बहानामा नदिएको समेत पाइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ परिसरमा भेटिएकी एक पीडितका अनुसार नजिकको सम्बन्ध बनाएर केहिदिनलाई धितो राख्न सुन मागेका उनले अहिलेसम्म बहाना बनाउँदै रोकिराखेको बताइन् । दम्पतीले नै सुन लिए, तर फिर्ता माग्दा श्रीमतीले श्रीमान्सँग सम्बन्ध बिच्छेद भईसकेको जवाफ दिएकी छिन् । श्रेष्ठ दम्पतीले ठगी गर्नकै लागि विराटनगरका धेरै परिवारसँग विश्वास जित्ने र त्यहाँबाट उनीहरुसँग सापटी तथा सुन मागेर सम्पर्कविहीन हुने गरेका थिए ।

विराटनगरमा धेरैसँगको लेनदेनलाई ठगीमा रुपान्तरण गर्दै गएपछि दम्पती नै मिलेर काठमाण्डौंमा नयाँ सुन पसल खोलेका थिए । त्यसपछि श्रीमान्सँग सम्बन्ध बिच्छेद भएको भन्दै श्रीमतीले पीडितलाई जवाफ फर्काउन थालेकी थिइन् । तर, पछिल्लो समयको एउटा पारिवारिक जमघटमा भने उनीहरुसँगै देखिएपछि ठगीमा परेको भन्दै प्रहरीसम्म पीडित पुगेका हुन् । श्रीमान् यूरोप गएको र एकवर्षपछि आउने भन्दै कतिपयलाई त्यसपछि सुन तथा पैसा फिर्ता दिने श्रीमती सुनिताले म्यासेज गर्ने गरेकी थिइन् । तर, श्रीमान्को सम्पर्क बारे कसैलाई पनि खुलाउन नचाहने गरेको पाइएको छ ।

सुनचाँदी कारोबार गर्न खोलेको ज्वेलर्सबाट गैरकानुनी रूपमा आर्थिक एवं वित्तीय कारोबार गर्न नमिल्ने भएपनि कानुन विपरित कार्य गरेर सर्वसाधारण ठगेको पाइएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । तर, दम्पती नै संलग्न भएको ठगीको कारोबारमा अहिलेसम्म उनकी श्रीमती सुनिता भने पक्राउ परेकी छैनन् । उनीहरुले आफ्नो ज्वेलर्समा काम गर्ने कतिपय कर्मचारीका आफन्तको घरमा समेत पुगेर ठगी गरेका छन् । काम गर्नेहरुलाई राम्रो व्यवहार गर्ने अनि तोकेको तलव महिनामै दिने उनीहरुले विस्तारै परिवारसँगको सम्बन्धमा जोडिने गरेका थिए । परिवारसँगको सम्बन्धमा पुगेपछि पारिवारिक अन्तरघुलन हुन विभिन्न जमघट आयोजना गथे । ‘उनीहरुको घरमा हुने कुनै जमघटमा निम्ता दिने, अनि आफूले पनि निम्ता दिन थालेपछि सम्बन्ध नजिकीयो’ एक पीडितले भनिन्–पछि विस्तारै सापट माग्ने र फिर्ता गर्ने गर,े जब दुईतिनवर्षपछि ठूलो रकम पाए अनि त्यसपछि सम्पर्क भन्दा बाहिर बस्दै गएर फरार भए ।

मोरङ प्रहरीमा अहिलेसम्म १७ जनाले ठगीमा परेको उजुरी दिईसकेका छन् । प्रहरीले श्रेष्ठ दम्पतीबाट ठगीमा पर्नेहरु थप भए प्रमाणसहित उजुरी दिन समेत आग्रह गरेको छ । प्रमाण भएकाहरु मात्रै नभई प्रमाण आफैं लिएर झुक्यानमा परेकाहरु समेत प्रहरीको सम्पर्कमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्