विराटनगरमा घरबाट निस्कन्छन् विद्यार्थी, विद्यालय पुग्दैनन् 

<span class='c1'>विराटनगरमा घरबाट निस्कन्छन्</span> <span class='c2'>विद्यार्थी, विद्यालय पुग्दैनन् </span>

इन्दु साह
विराटनगर । घरबाट निस्कने विद्यार्थी विद्यालय नपुगी फर्कने समस्या बढ्दै गएपछि अभिभावक र विद्यालय प्रशासनमा चिन्ता बढेको छ । विराटनगर–३ स्थित पोखरीया माध्यमिक विद्यालयमा यस्तो समस्या धेरै देखिएको हो । विद्यालय प्रशासनले मंगलबार अनुपस्थित विद्यार्थीका अभिभावकलाई फोन सम्पर्क गर्दा विद्यार्थीहरू विद्यालय पोशाकमै घरबाट निस्केको बताएका थिए । तर, अभिभावकले भनेका विद्यार्थी विद्यालयमा थिएनन् ।

वार्षिक परीक्षा नजिकिँदै गर्दा विद्यालयले विद्यार्थीको उपस्थितिमा कडाइ गर्न थालेपछि यो समस्या सामुन्ने आएको हो । विद्यालयका प्राचार्य खेमराज भट्टराईका अनुसार केही विद्यार्थी रमाइलोका लागि यस्तो गर्ने गरेका छन् भने कतिपय घरपरिवारमा भएको समस्याका कारण पनि यस्तो हुने गरेको छ । ूघरबाट त निस्कन्छन् तर विद्यालय नभई अन्यत्र घुम्न जाने गरेका छन्,ू उनले भने–साथी संगतले पनि प्रभाव पार्दछ ।
कक्षा १ देखि १२ सम्म पढाइ हुने यस विद्यालयमा पहिला यस्तो समस्या नभएको तर पछिल्लो समय बढ्दै गएको प्राचार्य भट्टराईले बताए । विद्यार्थी बिदा बस्नुपरेमा कक्षा शिक्षकलाई जानकारी गराउनुपर्ने नियम छ । विद्यार्थी समयमा विद्यालय नआएमा दैनिक हाजिरी हेरी अभिभावकलाई विद्यालयले खबर गर्नुपर्ने हुन्छ ।

तर, विद्यालयले भने विद्यार्थी पटक पटक अनुपस्थित भएको खण्डमा मात्रै अभिभावक लाई फोन सम्पर्क गर्ने गरेको छ । अभिभावकले पनि समय–समयमा विद्यार्थी नियमित विद्यालय गएको वा नगएको बारे बुझ्नुपर्ने जिम्मेवारी रहेको विद्यालयले जनाएको छ । विद्यालय प्रशासन भने एकदुई दिन नआउँदा फोन नगरेपनि तीनदिन भएपछि रेकर्ड हेरेर फोन गर्ने गरेको दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्