गौतमराज अमात्यले पाए कोशी प्रदेशसभाको (कामु) सचिवको जिम्मेवारी

<span class='c1'>गौतमराज अमात्यले पाए कोशी</span> <span class='c2'>प्रदेशसभाको (कामु) सचिवको जिम्मेवारी</span>

इटहरी । कोशी प्रदेश सभाका प्रवक्ता समेत रहेका गौतमराज अमात्यले कोशी प्रदेशसभाको कायममुकायम (कामु) सचिवको जिम्मेवारी पाएका छन् ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि सभामुख अम्बरबहादुर विष्टले उपसचिव अमात्यलाई कामु सचिवको जिम्मेवारी दिएका हुन् ।

बिहीबारको प्रदेशसभा बैठकमा अमात्यले सचिवको जिम्मेवारी निभाएका छन । पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्दा अनियमितता गरेको मुद्दामा पराजुली दोषी ठहर भएपछि उनको पद गुमेको छ । निजामति सेवाबाट अवकास लिएपछि उनी २०७६ साल वैशाख १२ गते प्रदेशसभाको सचिव नियुक्त भएका थिए । यसैगरी दोस्रो कार्यकालका लागि २०८१ वैशाख ९ गतेदेखि लागू हुने गरी प्रदेशसभाको सचिवमा पराजुली नियुक्त भएका थिए ।

यसैबीच कोशी प्रदेशसभाको बिहीवारको बैठकमा कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येकको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ खानेपानी सिंचाइ तथा उर्जामन्त्री एकराज कार्की र प्रदेश भवन ऐन २०७६ लाई सम्सोधन गर्न बनेको विद्येकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ मन्त्री भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्