विराटनगरमा सोरुमबाटै चोरियो ८० लाखको कार

<span class='c1'>विराटनगरमा सोरुमबाटै चोरियो ८०</span> <span class='c2'>लाखको  कार</span>

देवराज तामाङ
विराटनगर । विराटनगरमा सोरुम फोरेर कार चोरी भएको छ । शुक्रबार बिहान सोरुमको मुख्य गेट खोलेर, भित्रको सीसा भएको ढोका फोडेर कार चोरेको थाहा भएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । घटना बिहीबार राती भएको हो । भक्स्वागन कम्पनीको विराटनगर–३ स्थित सोरुमबाट बा ०१३० च ८५८१ नम्बरको रातो रङ्गको कार चोरी भएको हो ।

घटनामा संलग्नले सोरुम भित्र प्रवेश गरेर कारसँगै त्यहाँ भएको ल्यापटप, धुलो पुछ्ने कपडा, प्लाष्टिकको बाट्टी, चिया कप समेत उठाएर गाडीमा राखिकन लगेको सिसीटिभी फुटेजमा देखिन्छ । पूजा इन्टरनेशनल नेपाल प्रा.लि. का एसिस्टेन्ट सेल्स मेनेजर इन्द्रराज श्रेष्ठका अनुसार यो कारको मूल्य ८० लाख २५ हजार पर्दछ । सोरुममा दुईवटा कार रहेका थिए । त्यसमध्ये एउटा कार केहिदिन अगाडी काठमाण्डौं लगिएको थियो । एउटा कार मात्रै भएको मौका छोपेर बारिहको फलामको गेट खोलेर सोरुम भित्र प्रवेश गर्ने सीसाको ढोका फोडिएको देखिन्छ । गेट र ढोका खोलिसकेपछि कारको प्लाष्टिक कभर उप्काएर सजिलै लिएर गएको फुटेजमा देखिएको छ ।

कोशी राजमार्गको एयरपोर्ट रोड केहि दक्षिण–पूर्वतर्फ कारको सोरुम रहेको छ । सोरुमको पश्चिमतर्फ हाम्रो अस्पताल रहेको छ । २४ सै घण्टा खुल्ने हाम्रो अस्पतालको ठिक पश्चिममा रहेको सोरुमबाटै कार चोरिएपछि मोरङ प्रहरीले गम्भीर रुपमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिइएको छ । कार चोरी भएपछि प्रहरी हाइअलर्ट गरिएको छ । सीमा क्षेत्र नजिक रहेका कारण भारततर्फ लैजान सक्ने संभावनालाई समेत आकंलन गरेर प्रहरीले निगरानी बढाएको छ । अर्कोतिर सिसीटिभीमा स्पष्टै अनुहार देखिने व्यक्ति भएका कारण प्रहरीले त्यसका आधारमा समेत अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका सुचना अधिकारी हेमराज ओलीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्