विराटनगर । विराटनगर-१५ स्थितबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री झापा बिर्तामोड-६ का १८ वर्षीय रोहित राजवंशीको साथबाट १४ ग्राम ७८ मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।