विराटनगरका हटियामा ढुंगाको ढक तराजुबाट विस्थापित गर्ने निर्णय

<span class='c1'>विराटनगरका हटियामा ढुंगाको ढक</span> <span class='c2'>तराजुबाट विस्थापित गर्ने निर्णय</span>

विराटनगर । विराटनगर महानगरपालिकाले हटियामा प्रयोग गरिने ढुंगाको ढक विस्थापन गर्ने निर्णय गरेको छ । यो निर्णय भएको २४ घण्टा भित्रै बिहीबार एक दर्जनभन्दा बढी ढुंगाको ढक र तराजु नियन्त्रणमा लिइएको छ ।

बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बुधबार बसेको बैठकले अनुगमनलाई तीव्र पारेर ढुंगाको ढक प्रयोगलाई विस्थापन गर्ने निर्णय गरेको थियो । उपप्रमुख शिल्पा निराला कार्कीले धेरै गुनासो आईरहेको ढुंगाको ढक बजारबाट पूर्ण रुपमा विस्थापित गर्ने निर्णयलाई तत्काल कार्यन्वयन गर्न निर्देशन दिएकी थिइन् । त्यसपछि बिहीबार महानगरका प्रहरी प्रमुख राजन पौडेलको नेतृत्व टोलीले विराटनगर–५ स्थित पृथ्वीचोकबाट एक दर्जनभन्दा बढी ढुंगाको ढक र तराजु नियन्त्रणमा लिएको थियो ।

अबदेखि महानगर क्षेत्रभित्र लाग्ने हाटबजारमा ढुंगाको ढक र तराजुलाई विस्थापन गरिने उपप्रमुख कार्कीले जानकारी दिइन् । उनले बिहीबारदेखि नै नगर प्रहरी परिचालन गरेर ढुंगाको ढक, तराजु नियन्त्रण सुरु गरिएको बताइन् ।
‘हाटबजारमा नापतौल गर्ने ढक ढुंगाको तथा अन्य वस्तुबाट मापन गरिरहेको पाइएको हुँदा अनिवार्य रुपमा मापदण्डबमोजिम ढक प्रयोग गर्न÷गराउन नगर प्रहरीमार्फत प्रचारप्रसार गर्ने निर्णय गरिएको छ’ उपप्रममुख कार्कीले भनिन्–साप्ताहिक रुपमा लाग्ने हाटबजारमा नापतौलका लागि ढुंगाको ढक प्रयोग गर्ने धेरै प्रचलन रहेको छ, गुनासो समेत यहिंबाट धेरै आउँछ ।

त्यस्तै समितिको बैठकले माछा र तरकारीको बिक्रीस्थल छुट्टाछुट्टै स्थानमा रहने व्यवस्था गर्ने निर्णय गरेको छ । महानगरको नियमन क्षेत्राधिकारभित्र सञ्चालनमा रहेका सम्पूर्ण मासु पसललाई महानगरको मापदण्डबमोजिम व्यापार गर्ने विषयमा प्रतिबद्ध गराउन १५ दिनको म्याद दिने बैठकले निर्णय गरेको छ । साथै आफूले मापदण्डबमोजिम मासु पसल सञ्चालन गरेको स्वघोषणापत्रसमेत संकलन गर्ने निर्णय गरिएको समितिकी संयोजक कार्कीले जानकारी दिइन् ।

बैठकले बजारमा विषादीयुक्त तरकारी तथा फलफूल बिक्री भइरहेको जनगुनासो आएको भन्दै तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसँग समन्वय तथा सहकार्य गर्ने निर्णय गरेको छ । अबदेखि हरेक हप्ताको शुक्रबार सरोकारवाला निकायका प्रतिनिधिसमेतको सहभागितामा संयुक्त रुपमा बजार अनुगमन गर्ने निर्णय गरिएको समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्