विराटनगरबाट सोरुम फोडेर चोरिएको कारसहित संलग्न प्रहरीको नियन्त्रणमा

<span class='c1'>विराटनगरबाट सोरुम फोडेर चोरिएको</span> <span class='c2'>कारसहित संलग्न प्रहरीको नियन्त्रणमा</span>

विराटनगर । विराटनगर–३ भक्स्वागनको सोरुमबाट बिहीबार राती चोरी भएको कार पक्राउ परेको छ । विराटनगरबाट चोरी भएको कार भारत लैजाने क्रममा सुनसरीमा फेला परेको हो ।

नेपालभारत सीमा नजिक पुगेपछि गाडीमा तेल सकिएर रोकिराखेको अवस्थामा स्थानीयले देखेर प्रहरीमा खबर गरेका थिए । कार चोरी भएपछि व्यापक प्रहरी परिचालन भएका कारण तत्कालै कार र चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

चोरीमा संलग्न समेत विराटनगर ४ का एक युवा रहेको बुझिएको छ । प्रहरीले घटनाको विस्तृत जानकारी उपलब्ध गराएको छैन । प्रारम्भिक जानकारी अनुसार गाडी र संलग्नलाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङ ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्